खोटाङमा तीन निवर्तमान प्रमुख र छ उपप्रमुख पराजित

खोटाङ, ५ जेठ । स्थानीय तहको निर्वाचनमा खोटाङमा तीन निवर्तमान प्रमुख र छ उपप्रमुख पराजित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट प्रमुख/उपप्रमुखमा निर्वाचित भएका जनप्रतिनिधि पुःन यथास्थानमा दोहोरिने र कतिपयको माथिल्लो पदमा फड्को मार्ने प्रयास असफल भएको हो ।

यथास्थानमा दोहोरिनका लागि चुनावी मैदानमा उत्रिएका केपिलासगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्णकुमार राई, जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष शंखरबहादुर राई र साकेला गाउँपालिकाका निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्का पराजित भएका छन् ।

एमालेका शंखरबहादुर गठबन्धनबाट उठेका माओवादी केन्द्रकी अरुणादेबी राईबाट पराजित भएका छन् । माओवादी केन्द्रका अर्जुनकुमार कांग्रेसका रबिप्रकाश राईभन्दा पछि परेका हुन् । एमालेका कृष्णकुमार राई कांग्रेसबाट बिजयी भएका समिर राईका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका माइतीराज राईभन्दा पछि परेका छन् ।

एमालेकी बिणादेबी राईको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा दोहोरिने प्रयास असफल भएको छ । उनी गठबन्धन (माओवादी केन्द्र)का बिसन राईसँग पराजित भएकी हुन् । खोटेहाङ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष कविता राई र बराहपोखरी गाउँपालिकाको निवर्तमान उपाध्यक्ष गोमा मगर अध्यक्षमा पराजित भएकी छन् । कविता गठबन्धन (माओवादी केन्द्र)का उदिमबहादुर राई र गोमा गठबन्धन (कांग्रेस)का शालिकराम बञ्जराभन्दा पछि परेका हुन् ।

साकेला गाउँपालिकाको निवर्तमान उपाध्यक्ष सरिता खड्का र ऐसेलुखर्क गाउँपालिकाका निवर्तमान उपाध्यक्ष पुष्पकला भुजेलको यथास्थानमा दोहोरिने प्रयास विफल भएको छ । सरिता माओवादी केन्द्रकी बिर्सिका राई र पुष्पकला गठबन्धन (कांग्रेस)का राजेश राजभण्डारी भन्दा पछि परेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖