उदयपुरको कटारी नगरपालिकामा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित

उदयपुर, ११ जेठ । उदयपुरको कटारी नगरपालिकामा गठबन्धनका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन । सम्पन्‍‌न मतगणनाको नतिजाअनुसार गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ ६ हजार ४१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको समर्थनमा स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले ५ हजार ९५२ मत प्राप्त गरेका छन् । निर्वाचित श्रेष्ठले ४६५ मतान्तरले बराललाई पराजित गरेका हुन् ।

नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७१५ मत पाएका थिए भने नगर प्रमुखका अर्का स्वतन्त्र उम्मेदवार बालकृष्ण थापाले २ हजार १५४ मत प्राप्त गरेका थिए ।

नगर उपप्रमुखमा नेकपा एमालेकी गीता खड्का निर्वाचित भएकी छिन् । उनले ६ हजार ४१३ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका नेकपा माओवादी केन्द्रका विनोद कटुवालले ३ हजार ८२१ मत प्राप्त गरेका छन् । नगर उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका हृदयबहादुर तामाङले ३ हजार ७२३ मत प्राप्त गरेका छन् भने अर्का स्वतन्त्र उम्मेदवार नगर उपप्रमुख कृष्णबहादुर थापाले ३ हजार ३४६ मत प्राप्त गरेका छन् ।

१४ वडा रहेको कटारी नगरपालिकामा ७ वटा वडा नेकपा एमाले निर्वाचित भएको छ भने ३ वडामा नेपाली कांग्रेस निर्वाचित भएको छ । एकीकृत समाजवादी १, माओवादी केन्द्र १ र स्वतन्त्रमा २ वडा अध्यक्ष निर्वाचित भएको छ ।

कटारी नगरपालिका-१ मा एमालेका पदमलाल मगर, २ मा काग्रेसका प्रेमबहादुर क्षेत्री, ३ मा कांग्रेसका पुष्कर खड्का, ४ मा स्वतन्त्र भुपेन्द्रसिंह तामाङ, ५ मा एमालेका मोहनकुमार तामाङ, ६ मा एमालेका प्रेमबहादुर मगर, ७ मा काग्रेसका सुविन ढुंगाना, ८ मा स्वतन्त्र नविनकुमार तामाङ, ९ मा एकीकृत समाजवादीका बेदबहादुर आले मगर, १० मा एमालेका क्षेत्रबहादुर खड्का, ११ मा एमालेका अनन्त हायु, १२ मा माओवादी केन्द्रका यम्बरबहादुर कटुवाल, १३ मा एमालेका शम्भु श्रेष्ठ र १४ नम्बर वडामा नेकपा एमालेका अम्बरबहादुर मगर निर्वाचित भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖