झापामा दुई स्वतन्त्र उम्मेदवारको मत शून्य !

बनियानी, १३ जेठ । स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगरप्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगरप्रमुखमा उम्मेदवारी दिनुभएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ । यस्तै ११ नगरप्रमुख–अध्यक्षका आकाङ्क्षीले एकदेखि नौ मतमात्र पाएका छन् । कमल गाउँपालिकामा स्वतन्त्रतर्फका अध्यक्षका उम्मेदवार भीमकुमार राईले एक मतमात्र पाएका छन् ।

त्यस्तै शिवसताक्षी योगमणि अधिकारी (स्वतन्त्र)ले चार मत, गौरादह राधिका धमला (स्वतन्त्र)ले सात मत, बिर्तामोड अञ्चल धिमाल (नेपाल लोकतान्त्रिक पार्टी)ले छ मत, कमलका नारायणप्रसाद रिजाल (मौलिक जरोकिलो पार्टी)ले आठ मत, दमकका देउकुमार राई (किराँत खम्बूवान साझा पार्टी)ले नौ मत, दमकका कृष्ण राया (लोकतान्त्रिक समाजवादी पार्टी नेपाल)ले छ मत, दमकका नेत्रजङ्ग थापा (स्वतन्त्र)ले छ मत, दमकका नीलकण्ठ सापकोटा (स्वतन्त्र) पाँच मत र दमककै कृष्ण खनाल (स्वतन्त्र)ले तीन मत पाएका छन् ।

त्यस्तै गौरीगञ्ज–२ बाट वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गणेशबहादुर कार्की र शिवसताक्षी–७ बाट राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएका दिलबहादुर लिम्बूले एक–एक मत पाउनुभएको छ ।

जिल्लामा ९६१उम्मेदवारको जमानत जफत भएको छ । जिल्लामा विभिन्न पदमा गरी दुई हजार ७८६ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । तीमध्ये प्रमुख–अध्यक्षमा ८३, उपप्रमुख–उपाध्यक्षमा ५७, वडाध्यक्षमा २९१ र महिला, दलित, खुला सदस्य गरी ५३० जनाको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖