विप्लव नेतृत्वकाे नेकपा केन्द्रीय समिति विस्तारित बैठक उदयपुरमा जारी

उदयपुर, १३ जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाकाे केन्द्रीय समिति विस्तारित बैठक उदयपुरको रौता पोखरीमा बिहीबारदेखि जारी छ । उदयपुरको रौतामाई गाउँपालिका– ६ स्थित रौता पोखरीमा महासचिव नेत्रविक्रम चन्द (विप्लव) को अध्यक्षतामा केन्द्रीय समितिको १३औं पूर्ण विस्तारित बैठक बसिरहेकाे हाे ।

बिहीबारदेखि सुरु बैठकमा पार्टीका महासचिव विप्लवले राजनीतिक प्रस्ताव र आगामी ९औं महाधिवेशनको राजनीतिक प्रस्ताव पेस गरेका छन् । बैठकमा ५८ जना केन्द्रीय सदस्यहरु र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति छ ।

बैठकमा शुक्रबारदेखि राजनीतिक प्रस्ताव माथि छलफल सुरु भएकाे छ । प्रस्ताव माथि ५८ जना केन्द्रीय सदस्य र २ जना सल्लाहकार समिति सदस्यहरूले धारणा राख्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖