रवि लामिछानेका दाजुभाइ नै चुनाव उठ्ने, हरिशरण काठमाडौं- ३ का उम्मेदवार

काठमाडौं, ६ असार । टेलिभिजन प्रस्तोता छाडेका रवि लामिछानका दाजुभाइ नै संघीय संसदको निर्वाचनमा उठने भएका छन् । दशकौं लामो सक्रिय सञ्चारकर्म छाड्ने घोषणा गरेका रविका दाजु हरिशरण लामिछानेसमेत संघीय संसदमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्यसका लागि हरिशरणले ‘स्वतन्त्र राष्ट्रिय सन्जाल निर्माण’ अभियानको घोषणा गरेका छन् । ‘देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि निवर्नचन क्षेत्र कायम गरिनेछ । मेरो हकमा काठमाडौ–३ बाट उम्मेदवारी दिने समझदारी भएको सबैमा जानकारी गराउँदछु,’ हरिशरणले घोषणा गरेका छन, ‘सम्भवतस् काठमाडौं- १ मा पुकार बम, ५ मा रन्जु दर्शना र ८ मा सुमन सायमीले स्वतन्त्र प्रतिस्पर्धा गर्नु हुनेछ ।’

काठमाडौंबाहेक अन्यत्र पनि उम्मेदवार घोषणा गर्ने लामिछानेले जनाएका छन् । ‘काठमाडौं बाहिर विश्व साइकल यात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्नु हुनेछ बाँकी कुरा यही १७ र १८ असारमा राष्ट्रिय भेलाले तय गर्नेछ,’ हरिशरणले भनेका छन् । उनीसँग पनि लामो समय रेडियो पत्रकारिताको अनुभव छ ।

यसैगरी उनका भाइ रविले भने ७ असारमा राष्ट्रियसभा गृहमा कार्यक्रम आयाेजना गरी उम्मेदवारी घोषणा गर्नेछन् । तर, उनले कुन स्थानबाट निर्वाचन लड्ने, त्यो भने अझै खुलाएका छैनन् । सम्भवत: मंगलबारको कार्यक्रमार्फत उनले सो घोषणा गर्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖