प्रेम आलेद्वारा राजीनामा घोषणा

काठमाडौं, १२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले राजीनामा दिएका छन् । पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा बुझाइसकेका उनले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् । उनले आफूले पदबाट राजीनामा दिए पनि सांसदको भूमिकामा रहिरहने र विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहने छ ।

‘म यहाँबाट बिदा भएर सिंहदरबारबाहिर सांसदको भूमिकामा रहिरहने नै छु । विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहिरहने छ । समयले मागेमा म सुधारका लागि नेतृत्वमा पुनः फर्किने नै छु’, आइतबार आयोजति पत्रकार सम्मेलनमा आलेले भने ।

आफूले मन्त्रालयमा २६३ दिन बिताएको भन्दै उनले ति दिनहरु बितेको आफूलाई पत्ता नभएको बताए । उनले आफू आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको बताए । जनताले आफ्नो काममको समीक्षा गर्ने उनको भनाइ थियो । उनले कागजमा मात्रै काम गरेकाहरु आफ्नो निगरानीमा पर्ने गरेको बताए । ‘पिँधमा बस्नेहरुभन्दा टाकुरामा बस्नेहरु सधैं मेरो निगरानीमा परे’, उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖