खोटाङमा राप्रपाका नेता तथा कार्यकर्ता धर्ना दिन जाँदा प्रशासनको अवराेध

खोटाङ, २४ असार । भ्रष्टाचार र महंगी नियन्त्रणको माग गर्दै धर्ना दिन गएको राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका नेता तथा कार्यकर्तालाई जिल्ला प्रशासन कार्यालय प्रांगण प्रवेशमा रोक लगाइएको छ । भ्रष्टाचार, महंगी र मूल्यवृद्धिविरुद्ध शुक्रबार धर्ना दिन गएको राप्रपाको टोलीलाई जिल्ला प्रशासन कार्यालयको गेटभित्र प्रवेश गर्न रोक लगाइएको हो ।

धर्नाका लागि मुल गेटबाट प्रवेश गर्न खोज्दा प्रहरीले मालपोत कार्यालयतर्फको गेटबाट पस्न लगाएको, तर मालपोततर्फको गेटमा पनि ताला लगाएर छेकेको राप्रपाका अध्यक्ष ललितकुमार राईले बताए । दिउँसो १ बजेपछि राप्रपाको नेता तथा कार्यकर्ता नारा जुलुससहित धर्ना दिन प्रशासनतर्फ गएको थियो । तर, प्रशासनभित्र प्रवेश गर्ने दुबै गेटमा ताला लगाइएको थियो ।

गेटमा ताला लागेकाबेला कतिपय सेवाग्राही अलमलमा परिरहेका देखिएका थिए । अन्य ठूला दललाई प्रशासनभित्र प्रवेश गर्न दिइएकामा राप्रपालाई हेप्ने काम भएको अध्यक्ष राईले बताए ।

राप्रपाले भ्रष्टाचार र महंगी नियन्त्रण गर्न, किसानलाई मल र बिउ समयमा उपलब्ध गराउन, स्थानीय तहमा लगाइएको दोहोरो कर फिर्ता गर्न, प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्रीको व्यवस्था गर्न, शिक्षा, स्वास्थ्य सामग्री समयमै उपलव्ध गराउन, अतिक्रमित भूमि फिर्ता गर्न, महिला हिंसा अन्त्य गर्न, श्रमिकको उचित ज्याला निर्धारण गर्न लगायतका माग गर्दैआएको छ ।

कृषकलाई मल र बिउ उपलब्ध गराउन माग गर्दै राप्रपाले गत १७ जेठमा राँके जुलुस प्रर्दशन गरेको थियो । यस्तै, १३ असारमा कृषि ज्ञान केन्द्रमा धर्ना दिनुका साथै बजारमा जुलुस निकालेको राप्रपाले जनाएको छ । पार्टीकातर्फबाट सरकारसमक्ष पेस गरेका २२ बुँदे माग पूरा गर्नुपर्ने अध्यक्ष राईले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।