नागरिकता विधेयक पास गरेर माओवादी केन्द्रले प्रतिबद्धता पूरा गर्‍याे : अध्यक्ष प्रचण्ड

सर्लाही, ८ साउन । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नागरिकता विधेयक पास गरेर आफ्नो प्रतिबद्धता पूरा गरेको बताएका छन् । पार्टीले सर्लाहीमा शनिवार आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सबाेधन गर्न बागमती आइपुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

माओवादी केन्द्रले मधेश प्रदेशमै आएर गरेको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता पूरा गरेको उनकाे भनाइ थियो । ‘हामीले अबको सदनमा नागरिकतासम्बन्धी विधेयक पास हुन्छ भनेका थियौँ ।’ उनले भने, ‘हिजोबाट मधेश र पहाडका गरी सात लाखको हाराहारीमा नागरिकताबाट पीडित युवाको समस्या समाधान गर्ने निर्णय गरिसकेका छौं । नागरिकता नपाएर पीडित बनेका युवा र सम्पूर्णमा बधाई भन्न चाहान्छु ।’

उनले भने, ‘यसबाट फेरी एक पटक आमजनताको पार्टी भनेको माओवादी केन्द्र हो भन्ने पुष्टि भएको छ ।’ नागरिकताकै कारण अब कोही नेपाली अनागरlक बन्नु पर्ने दिन नआउने उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।