वाइसीएल नेपालका नव निर्वाचित अध्यक्ष शेर्पालीले गरे पदभार ग्रहण

काठमाडौं । नेकपा माओवादी केन्द्रका सहायक संगठन योङ कम्युनिस्ट लिग नेपालका नव निर्वाचित अध्यक्ष सुबोध शेर्पालीले पदभार ग्रहण गरेका छन ।

वाइसीएलको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित अध्यक्ष शेर्पालीसंगै महासचिव गणेश शाही, बरिस्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर गुरुङ ‘कसम’ उपाध्यक्षहरु गोगन मल्ल , मञ्जु बम, मिङ्माडन्डु शेर्पा लगायतका पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।

वाइसीएल नेपालको केन्द्रीय कार्यलय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै १४ बुँदे समसामयिक प्रस्तावहरु सार्वजनिक गर्दै पदभार ग्रहण गरेका हुन ।

पदभारपछि पत्रकारहरुसंग बोल्दै वाइसीएल नेपालका अध्यक्ष शेर्पालीले १६ देखि २६ वर्षसम्मको युवाहरूलाई वाइसीएलमा आकर्षित गर्नको लागि ३ महिने संगठन सुदृढीकरण अभियान संचालन तथा राष्ट्रिय मुद्दाहरु जोडदार संग उठाउने जानकारी गराए ।

बढ्दो महंगी नियन्त्रण, संरचनागत भ्रष्टचार, नीतिगत भ्रष्टचार, दलालीकरण र चरम श्रम शोसनका विरुद्ध वाइसीएल नेपाल दृढतापूर्वक लड्ने उद्घोष गरेका छन् । साथै श्रम र उत्पादनमा वाइसीएल भन्ने मुल नाराका साथ युवाहरूलाई आत्मनिर्भर हुने व्यवसाय थालनी गर्न प्रत्येक पालिकामा १०० जना युवा सम्मीलित श्रम सहकारी गठन गर्ने वाइसीएल नेपालले जानकारी गराएका छन् ।

नागरिकता विधेयकमा थपिएको अन्यौलताका कारण नागरिक राज्यविहीन बनेको कुरा, भारतद्धारा अतिक्रमित नेपालका भूमिहरु रक्षाका लागि जागरणमूलक कार्यक्रमको आयोजनासहित सरकारलाई भूमि फिर्ताको निम्ति अपिल समेत गर्ने बताए ।

जनयुद्ध/जनआन्दोलन तथा अन्य सबै न्यायपूर्ण आन्दोलनका महान शहिदहरुलाई राष्ट्रिय शहिद र जनसेनाका योद्धाहरुलाई गणतान्त्रिक सेनानी घोषणाका लागि अपिल तथा ‘सहिद परिवारसंग युवा भेटघाट तथा सम्मान ‘ कार्यक्रम घोषणा गरेका छन् ।

पदभार ग्रहण तथा पत्रकार सम्मेलन कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् वाइसीएल इन्चार्ज राम प्रसाद सापकोटा दिपशिखा, वाइसीएल नेपालका तात्कालिन संयोजक सुमन देवकोटा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।