खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु

खोटाङ, ११ भदौ । खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरिएको छ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्ला कार्य समिति खोटाङले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको हो । अभियानको शुक्रबार कांग्रेसको पार्टी कार्यालय विपी स्मृति भवनमा केन्द्रीय सदस्य तारामान गुरुङले उद्घाटन गरेका छन् ।

‘जनताको साथमा कांग्रेस’ अभियान आगामी २४ भदौसम्म सञ्चालन हुनेछ । यद्यपी, चुनाव लक्षित गतिविधि भने जारी राख्ने कांग्रेसले जनाएको छ । वडा–वडामा पुगेर जनतालाई भेट गरी निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्नका लागि अभियान चलाइएको केन्द्रीय सदस्य गुरुङले बताए । ‘जनतासँग छलफल गर्ने, उहाँहरुको गुनासो सुन्ने, भावना बुझेर पार्टीको पक्षमा माहोल सिर्जना गर्न अभियान थालिएको हो,’ गुरुङले भने, ‘राजनैतिक, आर्थिक, समसायमीक विषयमा कांग्रेसले लिएको अडानको विषयमा जनतालाई सुसूचित गर्ने, चुनावी तालमेलको औचित्य बारे स्पष्ट पार्ने छौँ ।’ जनताको समस्या र सुझाव समेटेर प्रतिबेदन तयार पारेर केन्द्रमा लगिने गुरुङको भनाई छ ।

कांग्रेसभित्रको आन्तरिक दवन्द अन्त्य भएको सन्देश दिन केन्द्रीय सदस्य गुरुङसहितका नेताले उभिएर आपसमा हातेमालो गर्दै तस्बिर खिचाएका थिए । तर, हातेमालो देखावटी भएको भन्दै कांग्रेसकै कार्यकर्ताले पत्याएका छैनन् । यसअघि पनि आन्तरिक कलह अन्त्याभएको सन्देश दिन भन्दै पटक–पटक यस्ता हातेमालो गरिएको थियो ।

‘जनताको साथमा कांग्रेस’ अभियानका लागि कांग्रेसले प्रदेशबाट प्रदेश सभा ‘क’मा कमला गुरुङ र प्रदेश सभा ‘ख’मा सबिता राईलाई प्रतिनिधि पठाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।