नेपाली कांग्रेस प्रदेशसभा (ख) क्षेत्रिय कार्य समितिको कोषाध्यक्षमा भट्टराई नियुक्त

धनकुटा । नेपाली कांग्रेस प्रदेशसभा (ख) क्षेत्रिय कार्य समितिको बैठकले समितिको कोषध्यक्षमा टंक भट्टराईलाई नियुक्त गरेको छ ।

प्रदेश सभा (ख) क्षेत्रिय कार्य समिति धनकुटाका सभापति राजन पौडेलको सभापतित्वमा आज धनकुटामा बसेको बैठकले भट्टराईलाई कोषाध्यक्षमा नियुक्त गरेको हो ।

त्यस्तैगरी गत श्रावण २८ गते बसेको बैठकबाट गठित समितिले बनाएको बैठक सञ्चालन कार्यविधि संशोधन सहित पारित गर्ने,प्रदेश र प्रतिनीधिसभा निर्वाचनका लागि उम्मेद्धारको चाँडै टुंगो लगाई जिल्लामा सिफरिस गर्ने लगायतको निर्णय गरिएको सचिव दिलराज घिसिङले जानकारी दिनुभयो ।

बैठकमा नेपाली कांग्रेस प्रदेशसभा (ख) क्षेत्रिय कार्य समितिका पदाधिकारी तथा सदस्य एवम् नगर सभापतिहरुको उपस्थिती थियो । बैठकमा आउदो मंशिर ४ गते हुन लागेको प्रदेश र प्रतिनीधिसभा निर्वाचनको तयारी लगायतको बारेमा छलफल भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।