एमाले खोटाङले गर्‍याे प्रतिनिधिसभाका लागि १० आकांक्षीको नाम सिफारिस

खोटाङ, १९ भदौ । प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङबाट एमालेका १० आकांक्षीको नाम सिफारिस भएको छ । पुष्पलाल स्मृति भवन दिक्तेलमा आइतबार बसेको एमाले जिल्ला कमिटिको बैठकले प्रत्यक्षमा सात जना र समानुपातिकमा तीनजना आकांक्षीको नाम सिफारिस गरेको हो ।

४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रत्यक्षतर्फ उषाकला राई, खगेन्द्र राई, देवान राई, पाँचकर्ण राई (पिके), विशाल भट्टराई, रमेश पौडेल र राजनप्रसाद ढकालको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिए । समानुपातिकमा कर्णबहादुर घले, रमेश परियार र राजकुमारी राईको नाम सिफारिस भएको छ । उषाकला पूर्वसामाजिक मन्त्री, पाँचकर्ण पूर्वसांसद र भट्टराई वर्तमान प्रतिनिधिसभा सदस्य एवं एमाले प्रमुख सचेतक हुन् ।

यस्तै, प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ अनिषा खनाल, देवविक्रम राई, लीलानाथ निरौला, सर्वधन राई तथा समानुपातिकतर्फ अडिराम राई, उमा गुरुङ, कमल बुढाथोकी, चन्द्रसिंह बस्नेत, दुर्गा पोखरेल, निर्मला आचार्य, मनिशोभा राई (माया), श्यामकुमार पोखरेल, सुवास राई र हिराकुमारी वन गिरी सिफारिस भएका छन् ।

प्रदेश सभा ‘ख’मा भने प्रत्यक्षमा रामप्रसाद दंगालको एकल नाम सिफारिस भएको छ । समानुपातिकमा भने चर्चबहादुर विश्वकर्मा, दिलचक्र राई, दुधराज तामाङ, पूर्णमाया तामाङ र भगवती प्रधानलाई सिफारिस गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖