चलचित्र ‘अभियान’ असोज १० गते राष्ट्रिय नाचघरमा प्रदर्शन हुँदै

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघ रसुवाको आयोजनामा दिवंगत बरिष्ठ कलाकार जयनन्द लामा अभिनित चलचित्र ‘अभियान’ काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा प्रिमियर गर्ने भएको छ ।

कोशी भिजन फिल्मसको ब्यानरमा तयार पारिएको तामाङ ऐतिहासिक कथा तथा नेपाली भाषाको चलचित्र अभियानलाई यहीँ आउदो असोज १० गते प्रिमियर शो गर्ने तयारी गरेको हो ।

लाखमान योन्जन तामाङको कथा तथा निर्देशनमा निर्माण, मैन घिसिङ निर्माता रहेको उक्त चलचित्रमा दिवंगत कलाकार जयनन्द लामाको साथमा दावा फिन्जो तामाङ,अमर पाख्रिन, श्याम माया तामाङ, रस्मिला वाइबा तामाङ लगायत दर्जनौं कलाकारहरुको बेजोड अभिनय रहेको छ ।

विशेषगरी नेपालको सन्दर्भमा विभिन्न जातिय सभ्यता र पहिचानको कथा बोकेका चलचित्र कम बने पनि विश्वमा विशेषगरी ऐतिहासिक चलचित्रहरु बढी निर्माण भएको र त्यस्ता ऐतिहासिक चलचित्र व्यावसायिक रुपमा पनि सफल भएको सन्दर्भमा तामाङ समुदायको कथामा बनेको ‘अभियान’ चलचित्रलाई पनि दर्शकहरुले मन पराउनेमा निर्माण पक्ष ढुक्क छन् ।

कोभिड महामारीका कारण थलिएको चलचित्र उद्योगलाई उठाउन विभिन्न विदेशी चलचित्रलाई डबिङ गरेर हलवालाहरुले करोडौं लगानीमा जोखिम मोलिरहेको अवस्थामा ‘अभियान’ चलचित्रले व्यावसायिक फड्को के कति मार्लान त्यो भने हेर्न बाँकी रहेको सरोकारवालाहरु बताउँछन् ।

तामाङहरुको अन्तिम राजा ह्रेन्जेन दोर्जेको इतिहास र तामाङहरुको ऐतिहासिक थाकथलो “किपट’ को कथामा आधारित चलचित्र भएकोले सबै जनाले मन पराउने उक्त चलचित्रका नायक दावा फिन्जो तामाङले बताए

साथै उनले इटहरी लगायतका शहरहरुमा प्रिमियर हुदा दर्शकहरुले माया गरेकाले अब काठमाडौं लगायत अरु शहरहरुमा पनि विशेष च्यारिटि शो गर्दै केही समयपछि चलचित्र ‘अभियान’ देशभर प्रदर्शन गर्ने तयारी रहेको जानकार गराएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖