जसपाका चार मन्त्री पदमुक्त

काठमाडौँ, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीलाई पदमुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी, भौतिक पूर्वाधार तथा यातायात र वन तथा वातावरण मन्त्रीलाई पदमुक्त गर्नुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा उहाँहरुले सम्हाली आउनुभएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोक्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । वर्तमान मन्त्रिपरिषद् २०७८ असार २९ गते गठन भई विभिन्न मितिमा हेरफेर तथा कार्यविभाजन भएको थियो ।

मौजुदा मन्त्रिपरिषद्मा सामान्य प्रशासनमन्त्रीमा राजेन्द्रप्रसाद श्रेष्ठ, कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव हुनुहुन्थ्यो । यस्तै राष्ट्रपतिले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी तोक्नु भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।