परिवर्तन नेपालद्वारा निर्माता संघको नव निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान

काठमाडौं । परिवर्तन नेपालले नेपाल चलचित्र निर्माता संघका नव निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरूलाई बधाई एवम् सम्मान कार्यक्रमको आयोजना गरेको छ । नेपालको सांस्कृतिक उन्नयनमा अग्रसर संस्था परिवर्तन नेपालले काठमाडौंमा एक औपचारिक समारोहको आयोजना गर्दै नव निर्वाचित पदाधिकारीहरूलाई बधाई एवम् सम्मान गरेको हो ।

कलाकार बसुन्धरा भुसालको सभापतित्वमा आयोजित समारोहमा परिवर्तन नेपालका अध्यक्ष चलचित्रकर्मी मोहन निरौलाले स्वागत मन्तव्य राख्दै विदेशी चलचित्रको माध्यमबाट नेपालको भाषा र संस्कृतिमा आक्रमण भइरहेको विषय उठाउनुभयो । उहाँले यसलाई समयमानै सम्बोधन नगर्ने हो भने यसले भविश्यमा नेपालीहरूको अस्तितवलाई खतरा हुने जिकिर गर्नुभयो । कार्यक्रममा सहभागी चलचित्रकर्मीहरुले नेपाली चलचित्र, भाषा, संस्कृतिमाथी विदेशी चलचित्रहरुले पटक पटक धावा बोलेको अर्थात विभिन्न बाहानामा नेपाली भाषाको अतिक्रमण हुँदै आईरहेको र यसले कालन्तरमा विकराल अवस्था ल्याउने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नेपाली चलचित्र क्षेत्रको निति निर्माण तहमा रहेका र यस क्षेत्रमा क्रियाशिल चलचत्रिकर्मीहरुले बेलैमा नसोचे श्रीलंका, पाकिस्तान, बंगलादेश जस्तै गरेर नेपाली चलचित्र उद्योग पनि ध्वस्त हुन बेर नलाग्ने वताए ।

नेपाल चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्र भनेको चलचित्रकर्मीको परिवार भएको र परिवारमा आइपर्ने समस्या समाधान गर्न परिवारका सदस्यहरू एकजुट भइ लाग्नुपर्ने राय व्यक्त गर्नुभयो ।

यस्तै, निर्माता संघका नव निर्वाचित अध्यक्ष नवल खड्काले देशको संस्कृति, भाषामाथि आँच आउने कुनै पनि कुरा सह्य नहुने बताउँदै कुनै पनि चलचित्र वा निर्माताले संविधान, ऐन र नियमको उल्लंघन गर्न नपाउने धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले चलचित्रसँग सम्बन्धित संघ संस्थाहरू सङ्ख्यामा धेरै हुन थाले पनि समस्याहरू पनि एकिकृत नभइ छरिएर आउन थालेको छ भन्दै एकिकृत रुपमा आवाज उठाउन चलचित्र सम्बन्धि संघ संस्थाहरूको एउटा महासंघको आवश्यकता औंल्याउनुभयो ।

समारोहका सभापति बसुन्धरा भुसालले महासंघको आवश्यकता विगतमा पनि महसुस गरिएको तर केही कारणवश महासंघ गठन हुन नपाएको बताउँदै अहिले यसतर्फ गम्भीर भएर कदम उठाउनु पर्ने कुरामा जोड दिनुभयो ।

भाषिक अतिक्रमणले नेपाली चलचित्र क्षेत्रमात्रै हैन समग्र नेपाली कला, संस्कृति, सभ्यता र पहिचान र अन्ततः देशलाई समेत असर पुर्‍याउने धारणा सहभागी बक्ताहरूले कार्यक्रममा राखेका थिए । सस्तो लोकप्रियता, कन्टेनको विक्री तथा क्षणिक फाईदाका लागि कुनै पनि नेपालीले आफ्नो सभ्यता, संस्कृति तथा पहिचान माथि आक्रमण गर्नदिने तथा गराउने कार्य घोर निन्दनिय हुने सहभागीहरूले बताएका थिए ।

चलचित्र निर्देशक माधव राज खरेलले सहजिकरण गरेको उक्त वधाई तथा सम्मान समारोहमा नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका कार्यवाहक अध्यक्ष सानु ताम्राकार, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र निर्देशक समाजका पूर्व अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधर र प्रथम चलचित्र आमाकी अभिनेत्री भुवन चन्द र आमा चलचित्रमा आमाको शीर्षक भूमिका निर्वाह गर्ने अभिनेत्री चैत्य देवी, समाजसेवी अर्जुन खड्का, संचारकर्मी सुर्य चन्द, गीता अधिकारि, सबिता पोखरेल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।