राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र : गरिबका लागि रासन कार्ड,वैधानिक परिषद् खारेज गर्ने

काठमाडौं, १७ कात्तिक । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले गरिब जनताका लागि रासन कार्डको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

आसन्न निर्वाचनका लागि सार्वजनिक घोषणापत्रमा सो पार्टीले गरिब नागरिकका लागि रासन कार्डको व्यवस्था गर्ने उल्लेख गरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक घोषणापत्रलाई वाचापत्र भनेको सो पार्टीले उल्लेख गरेको छ, ‘गरिबीको रेखामुनि रहेका नागरिक तथा परिवारलाई आधारभूत खाद्यान्न पु¥याउन ‘रासन कार्ड’को व्यवस्था गरिनेछ । न्यून आय भएका परिवारलाई सहयोग पु¥याउन सरकारद्वारा हरेक वडामा खाद्य केन्द्रहरु सञ्चालन गरिनेछ ।’

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले संवैधानिक परिषद् खारेज गर्ने वाचा गरेको छ । आसन्न निर्वाचनका लागि सार्वजनिक घोषणापत्रमा सो पार्टीले संवैधानिक परिषद् खारेज गर्ने बताएको हो ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रलाई वाचापत्र भनेको सो पार्टीले भनेको छ, ‘संवैधानिक परिषद् खारेज । राष्ट्रिय सभाको बहुमतले सिफारिस गरेको व्यक्तिहरुबाट प्रतिनिधिसभामा सुनुवाइ गरी संवैधानिक निकायमा नियुक्ति गर्ने ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।