‘मलाई तपाईँ मन प¥यो, म भोट दिन्छु’

विराटनगर । विराटनगर ४ की सावित्री दाहाल राजवंशी चोकबाट तरकारी किनेर आउँर्दा उनको अघिल्तिर कोणसभामा भइरहेको थियो । उनी त्यहाँ टक्क उभिइन् । जहाँ मोरङ क्षेत्र नं. ६ (क) की नेकपा (एमाले) की प्रदेशसभा सदस्य उम्मेदवार रीता न्यौपानेले आफ्नो एजेण्डासहित बोलरहेकी थिइन् । ११ मिनेटसम्म आफ्नो एजेण्डा मात्रै राखेर आफूले निर्वाचित भइसकेपछि गर्न सक्ने कामका बारेमा बोलिसक्न नपाउँदै दाहालले भनिन् ‘मलाई तपाईँ मन प¥यो, म भोट दिन्छु’ ।

दाहाल ७० वर्षकी भइन् । उनले अहिलेसम्म नेपाली कांगे्रेसलाई भोट हाल्दै आएकी थिइन् । तर उनले अहिलेसम्म नेताले आफ्नो एजेण्डा राखेर भोट मागेको सुनेकी थिइन् । ‘अरुलाई गाली गरेर र अरुले गर्न सकेनन् म गर्छु भनेर भोट माग्ने धेरै आए’, उनले भनिन्, ‘तर, कसैलाई गाली नगरी, कसैको बारेमा नबोली आफूले गर्ने कामहरु मात्र गरेर भोट मागेको मैले पहिलोपटक सुनँे, अनि उनले भनेको कुरा सामान्य भएपनि अहिलेको आवश्यकता भएकाले मलाई मन प¥यो ।’

दाहाल मात्र हैन सभामा उपस्थित सबै कानेखुसी गर्दै थिए ‘भोट माग्ने भनेको यसरी नै हो, कसैलाई गाली गरेर, लान्छना लगाएर चुनाव जितिँदैन । ठूला आश्वासन दिएर जनतालाई झुक्याउनुभन्दा गर्न सक्ने कुराहरु मात्र बोल्नुपर्छ र बोलेको कुरा गर्नुपर्छ । रिता न्यौपानेको बानी ठिक रहेछ ।’
अहिले चुनावमा आफ्ना प्रतिस्पर्धीलाई आरोप प्रत्यारोप लगाउने, उसले गर्न सकेन म गर्छु भन्ने दुष्प्रचार गर्ने र घृणायुक्त अभिव्यक्ति दिने प्रचलन मौलाएको छ । तर, कसैको दुष्प्रचार नगरी र घृणायुक्त अभिव्यक्ति नदिई आफ्नो एजेण्डा मतदातामाझ राखेर पनि मतदाताको मन जित्न सकिन्छ भन्ने उदाहरण न्यौपानेले दिएकी छन् ।

न्यौपानेले भोट माग्ने क्रममा कुनै पनि कार्यक्रम तथा मतदातामाझ प्रतिस्पर्धीको बारेमा नबोली आफ्नो कुराहरु मात्र राखेका कारण पनि अहिले उनको पक्षमा माहोल बन्दै गएको स्थानीय मतदाताको भनाइ छ । अन्य उम्मेदवारजस्तै हुन थालियो भने सबै उस्तै त हुन् नि भन्ने मतदातालाई लाग्छ विराटनगर ४ कै सूर्य राजवंशीले बताए ।

‘एमालेको उम्मेदवार रिता न्यौपानेले बालबालिकाका लागि चिल्ड्रेन पार्क बनाउने कुरा गर्नुभएको छ, बृद्धबृद्धाको लागि तीर्थस्थल घुमाउन लैजाने, जम्मा भएर भएर भजन गाउने वा आफ्नो दुःख सुःखका कुरा गर्ने, भेटघाट गर्ने ठाउँहरु बनाउने भन्नुभएको छ’, उनले भने, यी सामान्य कुरा हुन, तर आवश्यक पनि हो ।’ ‘ठूलो कुराहरु मात्र विकास हैन सानो सानो कुराहरु पनि विकास र आवश्यकता हो भनेर बुझ्ने उम्मेदवार लाग्यो न्यौपाने’, उनले भने ।

न्यौपानेले अझै धेरै समुदायमा छोरीलाई पढाउनु हुँदैन भन्ने मानसिकता रहेकाले छोरीलाई पढाउनुपर्छ भनेर ‘छोरी पढाउ अभियान’ लाई अगाडि बढाउने बताएकी छन् । छोरीहरु सक्षम, क्षमतावान र आर्थिक रुपमा सशक्त हुनुपर्छ भनेर आफूले नीतिगत रुपमा नै यसलाई अगाडि लिएर जाने उनले बताइन् ।
त्यसैगरी युवा स्वरोजगारका कुरालाई प्राथमिकतामा राखेर काम गर्ने, महिला सशक्तीकरणका कुराहरुलाई अघि बढाउने, निःशुल्क स्यानेटरी प्याड वितरणको कामलाई नीतिगत रुपमा सुधार गर्नेजस्ता कुराहरुलाई प्राथमिकता दिएर आफू अघि बढ्ने न्यौपानेको योजना छ । आफ्नो निर्वाचन क्षेत्रका जनताको समस्याका बारेमा बुझेर छलफल गरेर आफूले जनताको आवश्यकता अनुसार काम गर्ने उनको प्रतिवद्धता छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।