सोरुङछबिसेवासीले फिर्ता लिए मतदान बहिष्कारकाे निर्णय

उदयपुर, २३ कात्तिक । कटारी नगरपालिका-१० सोरुङछबिसेवासीले यसअघि गरेकाे मतदान बहिष्कारकाे निर्णय फिर्ता लिएका छन् । स्थानीय तह निर्वाचनमा प्रहरीको गो’ली लागि एक किशोरको ज्यान जाँदा भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले ४ मंसिरको निर्वाचन बहिष्कार गर्ने बताउँदै आएका थिए ।

कटारी नगरपालिकाको कार्यालयमा मंगलवार बसेको सर्बदलीय र सर्बपक्षीय बैठकले पूर्व सहमति कार्यान्वयन गराउन सबै पक्ष लाग्ने भनेपछि बहिष्कारको निर्णय फिर्ता भएकाे हाे । स्थानीय तह निर्वाचनमा सोरुङछबिसे माध्यामिक विद्यालयको प्राङ्गणमा मतदान सकिनै लागेको बेला दिउँसो ४ बजे सुरक्षाकर्मीले प्रहार गरेकाे गो’ली लागेर एक युवाको घट्नास्थलमै ज्यान गएको थियो । अर्का एक जना पनि घाइते भएका थिए ।

गो’ली प्रहारबाट वडाध्यक्षका उम्मेदवार कै भतिजको ज्यान गएकाे थियाे । यसपछि स्थानीयवासी निकै आक्राेशित बनेका थिए । आक्राेश सान्त पार्न सरकारले विभिन्न सहमित गरेकाे थियाे तर उक्त सहमति हालसम्म पनि कार्यान्वयन नभएकाे स्थानीयकाे आराेप छ । यही कारण कटारी नगरपालिका-१० का राजनीतिक दलहरूको बैठकले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका थिए ।

सहमितमा उच्चस्तरीय छानबिन आयोग गठन, दोषीलाई निलम्बन गरी कारबाही प्रकृया अघि बढाउन गृह मन्त्रालयलाई पत्र लेखी पठाउने, मृ’तक परिवारलाई उचित क्षतिपूर्ति तथा मृ’तकलाई सहिद घोषणा गर्ने, घाइतेलाई उपचार र क्षतिपूर्ति उपलब्ध गराउने उल्लेख थियो । तर, त्यो सहमति अहिलेसम्म कार्यान्वयन नभएको भन्दै वडाका दलहरूले आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका थिए ।

छलफलमा घटनाको गृह मन्त्रालयबाट गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न मन्त्रालयलाई आग्रह गर्ने, मृत’कलाई शहीद घोषणाका लागि फेरि पहल गर्ने, सहमतिअनुसारको राहत रकम १० लाख रुपैयाँ मृतकका बाबु जितबहादुर कटुवाललाई उपलब्ध गराउने, घाईतेको औषधि उपचारको पैसा उपलब्ध गराउने सहमति भएपछि निर्बाचन वहिष्कारको निर्णय फिर्ता भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।