मतदातालाई भ्रममा नपार्न कोइरालालाई पण्डितको आग्रह

विराटनगर । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लालबाबु पण्डितले सत्ता गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले सबै विकासको काम मैले गरेको भनेर मतदातालाई भ्रममा पार्न खोजेको आरोप लगाएका छन् ।

१० वर्षसम्म आफ्नो क्षेत्रका जनताको लागि केही गर्न नसक्नेले अरुले गरेको काम मैले गरेको भन्न लाज लागेन ? उनले प्रश्न गरे । निर्वाचन क्षेत्रको विकासमा आफूले बढी ध्यान दिएको बताउँदै पण्डितले कोइरालाई आफूले गरेको काम देखाउन चुनौति दिए ।

निर्वाचन प्रचारप्रसार क्रममा बुढीगंगा गाउँपालिकाको विभिन्न ठाउँमा भएको कोणसभालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा बढीभन्दा बढी बजेट यस निर्वाचन क्षेत्रमा ल्याउन पहल गरेको र बजेट पनि देशको अन्य निर्वाचन क्षेत्रभन्दा बढी ल्याएको दावी गरे ।

‘मोरङ निर्वाचन क्षेत्र नं. ६ मा अन्य ठाउँको भन्दा बढी बजेट आएको छ’, उनले भने, ‘क्षेत्रभित्र पनि बूढीगंगा गाउँपालिकामा धेरै बजेट ल्याएर विकासका कामहरू गर्न सफल भएको छु ।’ ‘अहिले प्रतिस्पर्धीले पनि मैले गरेको भनेर जनतालाई भ्रम छरिरहनुभएको छ’ उनले भने । पाँच वर्षको समयमा आपूmले गरेको काम देखाउन तयार रहेको भन्दै उनले कोइरालालाई १० वर्षमा गरेको एउटा काम देखाउन आग्रह गरे ।

आफ्नो क्षेत्रमा भएको विकासको काम कतिपय सकिएको र कतिपय सकिन बाँकी रहेकाले अपूरो काम पूरा गर्नको लागि उम्मेदवारी दिएको बताए । ‘अंश र वंशको रुपमा मैले भोट मागेको छैन’, उनले भने, ‘अरुले गरेको काम मैल गरेको नी भनेको छैन, जे गरेको छु त्यो भनेको छु, गर्न बाँकी काम पनि भनेको छु । जनतालाई भ्रम छर्ने काम मैले गरेको छैन् र गर्दिन पनि ।’

राम्रो विकासको काम गर्दा गर्दै पनि जनताको चित्त बुझाउन नसक्नुलाई आफूले सामान्य रुपमा लिएको बताए । जनताको गुनासो र सुझावलाई आगामी दिनमा सम्बोधन गर्दै त्यसलाई थप परिस्कृत र सुधार गरेर जानेमा उनले जोड दिए ।

निर्वाचनमा परिणाम आफ्नो पक्षमा आउने कुरामा कुनै शंका नरहेको पण्डितले बताए । तराई–मधेश समृद्धि कार्यक्रम पहिलोपटक डिजाइन गरेर आफूले ल्याउन सफल भएकोले त्यसको आधारमा अहिले जातिगत र क्षेत्रगतरूपमा सामुदायिक भवन, झोलुङ्गेपुल र सडक पूर्वाधार निर्माणको काम धेरै गर्न सफल भएको पनि पण्डितले बताए ।

त्यसैगरी ६ (क) की प्रदेशसभा सदस्य उम्मेदवार रीता न्यौपानेले एमालेले गरेको विकास देखेर प्रतिस्पर्धी डराउन थालेको बताइन् । सत्तामा पुग्ने तर, काम केही नगर्नेहरु अहिले एमालेका जनप्रतिनिधिले गरेको काम आफूले गरेको भन्दै हिँड्नु कत्तिको जायज हो ? उनले प्रश्न गरिन् ।

जनताले कस्ले कति काम गरेको छ भनेर बुझिसकेको उनले बताइन् । एमालेले विकासको सुरुवात गरेकाले विकासलाई पूर्णरुप दिन एमालेको सरकार नै आवश्यक रहेको उनको भनाइ छ । एमालेले जिते यो क्षेत्रको विकासले पूर्णता पाउने पनि उनले बताइन् । विरोधीका कुरा नसुनी कस्ले कति गर्यो भनेर लेखाजोा गर्न उनले जनतालाई आग्रह पनि गरिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖