इलाम : उम्मेदवारलाई भोट र किसानलाई धान थन्काउने चिन्ता

फिक्कल, २६ कात्तिक । चुनावी सरगर्मी बढ्दै गर्दा उम्मेदवार, नेता र कार्यकर्तालाई भ्याइनभ्याइ छ । आसन्न मङ्सिर ४ गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा धेरैलाई चुनावले तानेको छ । किसानलाई चुनावी सरगर्मी भन्दा खेतीपातीको चटारो छ । बरु उनीहरु पानीले पाकेको धान थन्क्याउन नदिएला कि भनेर पिरोलिएका छन् । पाकेको धान भकारीमा थन्क्याउने चटारोमा छन् ।

जिल्लाका अधिकांश किसान यतिबेला धान थन्क्याउने चटारोमा छन् । उनीहरुलाई निर्वाचनमा कसले जित्ला र सरकार बनाउँला भन्ने भन्दा पनि यो पटक कति धान भित्र्याइएला भन्ने चिन्ता बढी छ । इलाम सूर्योदयका जगन्नाथ सापकोटा भन्नुहुन्छ, “वर्षभरिको कमाइ यहीँ धान हो भकारीमा थन्क्याउन मौसमले नदेला की भन्ने मात्र पिर छ ।” पोहोर साल बिटा लगाउन ठिक्क पारेको धान झरी परेर बर्बाद पारिदिएको सम्झिदै उहाँले भन्नुभयो, “यो साल त बेलैमा धान भ्यिाउन पाए हुन्थ्यो ।”

सापकोटालाई निर्वाचन नेताको लागी मात्र हो जस्तै लाग्छ । “चुनाव त नेताका लागी त रहेछ एकदिन भोट हाल्न जाउँला, जस्ले जितुन, काम कसैले गर्ने होइन क्यारे ।” उहाँले विसं २०४८ बाट निरन्तर मतदान गर्दै आउनुभएको छ । “ म जस्ता हजारौँ किसानको दुख जस्ताको त्यस्तै छ । उनीहरु भोट जितेर जान्छन् हाम्रो दुःख हामीसँगै ।”

माईजोगमाईका रोशन दियालीको खेतमा समयमा नै मल नपाएर धान सधैँ जस्तो फलेको छैन । बेलामा मल लगाउन नपाएपछि धानको बाला कम लागेको गुनासो गर्दै दियाली भन्नुहुन्छ, “उ त्याँ हेर्नुन्, धानको गुबो नै आउन सकेन । कमसेकम किसानलाई मल बीउविजन मात्रै बेलैमा पाए काम गरेर खान त सकिन्छ ।”

पटकपटक चुनाव जिताएर पठाएका जनप्रतिनिधिले केही राहत पु¥याउन नसकेको भन्दै किसान निराश देखिन्छन् । फाकफोकथुम वडा नं ३ की प्रमिला राईको १६ मुरी धान फल्ने खेत छ । तर मल र खेताला लगाउन नसक्दा यो पटक आधा खेत बाँझै राख्नुप¥यो । राईले भन्नुभयो ,“अर्मपर्म जान सकिदैन, साना बच्चा छन् । जसोतसो छ गरा धान लगाएको थिए । अब थन्क्याउने बेला मुस्किल छ”, खेताला अभावका कारण एक्लै धान काट्ने तयारी सुनाउँदै उहाँ भन्नुहुन्छ ,“एक हप्ता लगाएर एक्लै काट्छु भोटहाल्न जानुभन्दा त एक गरा धान पो काटिन्छ ।”

बिहान उठेदेखि साँझसम्म खेतबारीमा नङ्ग्रा खियाएर गुजारा टार्दै आएका किसानलाई निर्वाचनले छोएको छैन । “मङ्गलबार एकैदिन दुई हुल मानिस आएर आआफ्नै पार्टीको भोट मागेर गए । दिनभरिको काम गफ गरेरै बित्यो”, इलाम साँघुबेसीका हर्क मगरले भन्नुभयो, “यो गर्छौ, त्यो गर्छौ भोट चाहियो भन्नुभयो । आफूलाई पाकेको अन्न घर भित्र्याउन चिन्ता छ । के को घोषणापत्र ? कस्तो योजना ? वास्ता पो गरिएन ।”

इलामका अधिकांश किसान धान खेतीमा निर्भर छन् । धान र चिया नै इलामका कृषकको मुख्य खेती मानिन्छ । किसानका समस्या भने धेरै छन् । न समयमा मल पाइन्छ न त राज्यले बीविजनमा अनुदान नै दिन्छ । आधुनिक कृषि प्रविधिको अभाव छ । उनीहरु सामान्यताः खेतबारीमा काम गर्दा प्रयोग हुने गम्बुट, डोका, नाम्ला र बीउविजन सरकारले उपलब्ध गराए हुन्थ्यो भन्छन् । सुन्दा सामान्य लागेपनि किसानका लागि यो ठूलो अभाव हो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।