तेह्रथुमको प्रदेशसभा (क) मा सुब्बा र दुलालबीच प्रतिस्पर्धा, कसलाई कति चुनौती ?

प्रकाश पाक्साँवा/तेह्रथुम,२७ कात्तिक । आगामी ४ मंसिरमा हुने निर्वाचनमा तेह्रथुमको प्रदेश सभा (क) मा लोकतान्त्रिक वाम गठबन्धनबाट  कांग्रेसका युवा नेता सन्तोष सुब्बा र एमालेको तर्फबाट किशोरचन्द्र दुलाल प्रतिस्पर्धा गर्दैछन् । सुब्बा र दुलाल दुबै प्रदेसभामा नयाँ अनुहार हुन् । ६५ वर्षका दुलाल र ४४ वर्षका सुब्बा बुबाछोराको फरक उमेर बीच प्रतिस्पर्धामा आएका छन् । 

२०७४ सालमा  एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा यस क्षेत्रमा एमालेका लक्ष्मण तिवारीले जितेका थिए । एमालेबाट तिवारीले टिकटको दावी गरे पनि यसपटक भने पाएनन् । तिवारीको विकल्पको यसपटक भने दुलाललाई उम्मेदवार बनाएर एमाले चुनावी मैदानमा होमिएको छ । गत निर्वाचनमा एमालेको साथमा रहेको माओवादी केन्द्रले कांग्रेसले साथ दिएको छ । दुई नगरपालिका र एक मात्रै गाउँपालिका रहेको यस प्रदेशसभामा हालै सम्पन्न स्थानीय निर्वाचनमा एक मात्रै नगरपालिका कांग्रेसले जितेको छ । 

२०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले छथर गाउँपालिका प्रमुखमा ३९ सय १५, लालीगुराँस नगरपालिकामा ३३ सय ४४ र म्याङलुङ नगरपालिकामा ५१ सय १७ मत पाएको थियो । गठबन्धनले छथर गाउँपालिकामा ३३ सय ६,लालीगुराँस नगरपालिकामा ५१ सय ३९ र म्याङलुङ नगरपालिकामा ४४ सय ७८ मत पाएको थियो ।

छथर र म्याङलुङमा गठबन्धन गरे पनि लालीगुराँस नगरपालिकामा माओवादी केन्द्र गठबन्धन नगरी चुनाव लड्दा १५८ मत प्राप्त गरेको थियो । स्थानीय निर्वाचनमा आएको मत परिणाम हेर्दा एमाले सँग १२ हजार ३७६ मत भने गठबन्धन सँग १३ हजार ८१ मत रहेको छ । एक नगरपालिका र एक गाउँपालिका जितेको एमाले ७०५ मतले यस क्षेत्रमा कमि छ ।  स्थानीय निर्वाचनको मत परिणामलाई तुलना गर्दा तेह्रथुमको प्रदेशसभा १ मा दुलाललाई जितको लागी चुनौती देखिएको छ । 

सुब्बालाई समर्थन गर्दै जनता समाजवादी पार्टीका प्रदेशसभा उम्मेदवार सूर्य मादेनले आफ्नो उम्मेदवारी निस्क्रिय परी साथ दिएका छन् । समृद्ध तेह्रथुमको विकास गर्न आफू चुनावी मैदानमा आएको सुब्बाले बताए । ‘तेह्रथुमको विकासको निम्ती हामी रणनीतिक,योजना र  मनोवैज्ञानिक रुपमा पनि तयार छौँ । हाम्रो उर्जाशील समय तेह्रथुमको विकास गर्न साथ दिनुस् । तपाईंहरुले दिएको साथलाई हामी धोका दिने छैनौ,’ उनले भने । 

शिक्षाको समस्यालाई व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षा बनाउन पूर्वाधार विकासमा प्राथमिकता दिँदै युवाहरू ईमान्दर युवा सिपयुक्त र स्वास्थ्य सेवामा प्रतिबद्ध रहने दुलालले बताए । ‘हिजो एमालेको नेतृत्वमा भएका विकास निर्माणका योजनाहरुलाई फेरि पनी निरन्तरता दिनेछु । पर्यटकीय स्थलहरु, प्रदेशसभा (क) मा रहेका सडकहरुको स्तराेन्नतिमा लाग्नेछु । मेरो ईमान्दारी मेरो लगनशीताका कारण मैले जनताको मत पाउनेछु भन्ने विश्वास छ,’ उनले भने । तेह्रथुमको प्रदेशसभा (क) मा मुख्य प्रतिस्पधी दलको रुपमा नेकपा एमाले र सक्त गठबन्धन दल रहेका छन् । यस प्रदेशसभामा एक स्वतन्त्रसहित ८ जना चुनावी मैदानमा रहेका छन ।  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖