विगतका काम सम्झेर फेरि काम गर्ने मौका दिनुस् : सीता गुरुङ

तेह्रथुम, २७ कार्तिक  । केन्द्रीय सदस्य तथा लोकतान्त्रिक बाम गठबन्धनका तेह्रथुमकी साझा उम्मेदवार सीता गुरुङले विगतमा गरेका योगदानको मुल्यांङन गरी जिल्लाको विकास र सम्मृद्धिका निम्ति आफूलाई काम गर्ने मौका दिन मतदातासँग अनुरोध गरेकी छिन् । 

‘मैले ३१ बर्ष लामो उर्जासिल उमेर तेह्रथुमको विकासको निम्ती खर्चेको छु । छथरदेखि आठराईसम्मको नागरिकहरूको समस्या नजिँकैबाट नियालेको छु । जिल्लाको विकासको निम्ती अल्पकालिन र दीर्घकालिन योजना बनाएर तपाईहरू सामु आएको छु । विगतमा मैले गरेको कामहरुलाई सम्झिनुस् । अनि मलाई काम गर्न मौका दिनुस्,’ उनले भने । 

गुरुङ ०७४ सालमा तेह्रथुम जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवार बनेकी थिइन् । त्यसबेला एमालेका भवानी खापुङसँग दुई हजार २१ मतले पराजित भएकी थिइन् । खापुङ २१ हजार तीन सय ३५ मत ल्याएर विजयी भएका थिए भने गुरुङले १९ हजार तीन सय १४ मत ल्याएर पराजित बनेकी थिइन् । खापुङ अहिले एकिकृत समाजवादी पार्टीमा रहेकाले यसपटक उनैको सहयोग र सत्ता गठबन्धनको साथमा उम्मेदवार बनेकी छिन् । 

गुरुङसँग एमालेका डाक्टर विजय सुब्बा चुवानी मैदानमा छन्  । उनी एकल चुवानी प्रतिश्पर्धामा छ । अंक गणितीय रुपमा हेर्ने हो भने स्थानीय तह चुनावमा वडाध्यक्षहरूले पाएको मतका आधारमा तेह्रथुममा एमाले सबैभन्दा ठूलो दल हो । एमाले एक्लैको यहाँ २२ हजार तीन सय १२ मत छ । तर, सत्तारुढ गठबन्धनमा आबद्ध सबै दलको मत जोड्दा भने एमाले पछि छ ।

यहाँ कांग्रेसको २१ हजार नाै सय ११ र माओवादी केन्द्रको ६ सय ८६ र एकीकृत समाजवादीको पाँच सय ४६ मत छ । ०६४ सालबाहेक तेह्रथुमबाट सबै चुनाव एमालेले जितेको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।