उदयपुरको निर्वाचन क्षेत्र २ मा एमालेका रायमाझी विजयी

उदयपुर । उदयपुरको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी भएका छन् । एमालेका रायमाझीले १५२५१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वीभन्दा २३५८ मत बढी मत ल्याएर विजयी भएको हो ।

उनको प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले १२८९३ मतका पाएका छन् । 

त्यसैगरी स्वतन्त उम्मेदवार नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले १०३७९ मत प्राप्त गरेका छन् । त्यसैगरी मंगोलियन अर्गनाइजेशनले १४३० मत प्राप्त गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ९१० मत पाएका छन् । निर्वाचन क्षेत्र २ मा कटारी नगरपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका र उदयपुरगढी गाउँपालिका पर्छ ।

यस निर्वाचन क्षेत्रमा १ लाख १६ हजार ९६ मतदाता मध्ये ४४ हजार ८ सय ७५ मत खसेको थियो । रायमाझीलाई निर्वाचन अधिकृतको कार्यालयले आधिकारी घोषण हुन भने बाँकी रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖