खोटाङ प्रदेशसभा (१)मा एमालेका राई विजयी

खोटाङ, ८ मङ्सिर । खोटाङ प्रदेशसभा (१)मा नेकपा (एमाले)का उम्मेदवार पाँचकर्ण राई ‘पिके’ विजयी हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका वीरबलकाजी राईलाई एक हजार एक सय ९२ मतान्तरले पराजित गर्दै पिके प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।

उहाँले १३ हजार एक सय ५७ मत प्राप्त गर्दा वीरबलकाजीले ११ हजार नौ सय ६५ मत प्राप्त गर्नुभएको छ । विसं २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित पिके विसंं २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा विजयी हुनुभएको थियो ।

पार्टीको १ नं प्रदेश समिति सदस्य रहनुभएका पिके जिल्लामा प्रभावशाली नेताका रुपमा चिनिनुहुन्छ । संविधानसभा सदस्यको भूमिकामा रहेको समयमा जयरामघाटको मोटरेबल पक्की पुल छिटो सम्पन्न गराउन पिकेको महत्वपूर्ण हात रहेको थियो ।

जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले दुई हजार तीन सय ४०, नेकपा (माले)का पदमप्रसाद आचार्यले एक हजार पाँच सय २५, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका प्रयाग राईले एक सय ६४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, नेपाल मजदुर किसान पार्टीका केशव राईले ८२, स्वतन्त्र उम्मेदवार कुमारप्रसाद भट्टराईले १२ तथा अर्का स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलले तीन हजार एक सय ४५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चौहत्तर हजार छ सय ३९ मतदाता रहेको प्रदेशसभा (१)मा ३३ हजार नौ सय ४४ मत खसेको थियो । प्रदेशसभा सदस्यका लागि खसेको मतमध्ये एक हजार पाँच सय ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शुभाषबाबु पुरीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्यमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रामकुमार राईको अग्रता कायमै छ । सुरुबाटै अग्रता कायम राख्नुभएका उहाँले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विशाल भट्टराईभन्दा एक हजार एक सय ९२ मतले अगाडि हुनुहुन्छ ।

दश स्थानीय तह रहेको जिल्लामा पाँचवटाको मत गणना सम्पन्न हुँदा राईले १५ हजार छ सय ८३ मत प्राप्त गर्नुभएको छ भने भट्टराईले १४ हजार चार सय ९१ मत प्राप्त गर्नुभएको छ । अहिले बराहपोखरी गाउँपालिकाको गणना भइरहेको छ ।

प्रदेशको गणना सकिएसँगै प्रतिनिधिसभाको तीन ठाउँमा गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि ६७ हजार तीन सय ७३ मत अर्थात् ४७ दशमलव १८ प्रतिशतमात्र मत खसेको जनाइएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖