लालबाबुलाई हराउँदै मोरङबाट शेखर कोइराला विजयी

मोरङ, ९ मंसिर  । नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् ।  कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराका हुन् ।

कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् ।

धनुषा–२ मा कांग्रेस : एक सय ५७ मत बढी ल्याएर यादव निर्वाचित
महेन्द्रनगर (धनुषा), ९ मङ्सिर (रासस):धनुषा २ को प्रतिनिधिसभा सदस्य पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उमाशङ्कर अरगरियाभन्दा एक सय ५७ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो ।

निर्वाचन आयोगका अनुसार कांग्रेसका नेता यादवले २० हजार एक सय १२ मत प्राप्त गर्नुभएको छ भने एमालेका अरगरियाले १९ हजार नौ सय ५५ मत प्राप्त गर्नुभएको हो । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का पूर्वमन्त्री रामचन्द्र झाले १३ हजार छ सय पाँच मत प्राप्त गर्नुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा)नेपालका गङ्गाराम यादवले १२ हजार नौ सय एक मत प्राप्त गर्नुभएको छ भने जनमत पार्टीका जयनारायण साहले नौ हजार नौ सय ९२ मत प्राप्त गर्नुभएको छ ।

नवनिर्वाचित यादव विसं २०६४ र २०७० को पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा साविकको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । यादवले नौ महिना कृषिमन्त्री रहेका बेला कृषिमा आधुनिकीकरण गर्न सिँचाइका लागि धनुषामा प्रत्येक किसानको खेतमा सानो सेलोट्युबेल जडान गराउनुभएको थियो । त्यस्तै किसानका लागि प्रधानमन्त्री कार्यक्रमअन्तर्गत धानजोन र मत्सय जोन कार्यक्रम ल्याउनुभएको थियो ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।