पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी
इलाम, ११ मंसिर । एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । इलाम १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनी एमालेका उम्मेदवार महेश बस्नेतसँग पराजित भएका हुन् ।
खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका बस्नेतले २५ हजार ६९९ मत ल्याएका छन् । खनालले २ हजार ३४५ मत पाएका छन् ।
तर, खनालले मतगणना प्रक्रियामा धाँधलीको आरोप लगाउँदै आफ्नो विरोधलाई यथावत राखेका छन् ।
माओवादी केन्द्रलाई समानुपातिकतर्फ १० लाख मत, कुन दलको कति मत ?
काठमाडौं, ११ मंसिर । नेकपा (माओवादी केन्द्र) ले समानुपातिकतर्फ १० लाख पाँच हजार छ सय ७९ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ८७ लाख ७४ हजार छ सय ६१ मतगणना सम्पन्न भएको छ ।
जारी मतगणनामा नेकपा ९एमाले० २४ लाख १३ हजार दुई सय २२ मत प्राप्त गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख ९४ हजार नौ सय ८३ मत प्राप्त गरेको छ । आज अपराह्न तीन बजेसम्मको विवरणअनुसार समानुपातिकतर्फको मतमा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख ८३ हजार पाँच सय २२ मत प्राप्त गरेको छ । पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख १३ हजार नौ सय ११, छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीले तीन लाख चार सय ४९ र सातौँ स्थानमा रहेको नेकपा ९एकीकृत समाजवादी०ले दुई लाख ३५ हजार तीन सय ७५ मत प्राप्त गरेको छ ।
यस्तै जनमत पार्टीले दुई लाख ३४ हजार एक सय २७, नागरिक उन्मुक्ति पार्टीले दुई लाख दुई हजार ७९, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २२ हजार पाँच सय ५७, नेपाल मजदुर किसान पार्टीले ७० हजार तीन सय ७१, हाम्रो नेपाली पार्टीले ४९ हजार छ सय २७, मङ्गोल नेशनल अर्गनाइजेशनले ४४ हजार दुई सय आठ र राष्ट्रिय जनमोर्चाले ४३ हजार नौ सय २६ मत प्राप्त गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ राजनीतिक दलमध्ये अन्तिम स्थानमा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार पाँच सय चार मत प्राप्त गरेको छ ।


