पहिलो संसदीय यात्रामा प्रवेश गर्दै कार्की

काठमाडौँ, १९ मङ्सिर (रासस) : दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्की निर्वाचित हुनुभएको छ ।

नेता कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गर्नुभयो ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका ५७ वर्षे कार्की दोलखाको जुँगु गाविस–७ फाल्टुकमा विसं २०२२ मा पिता टेकबहादुर कार्की र माता अमृतकुमारी कार्कीको कोखबाट पहिलो सन्तानका रुपमा जन्मिनुभएको थियो । पार्टीमा उहाँ ‘विश्व’ उपनामले परिचित हुनुहुन्छ ।

उहाँका जेठो छोरा विश्वास कार्की स्थानीय तहको निर्वाचनमा गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँको राजनीतिक जीवन २०४२ सालबाट सुरु भएको हो । उहाँले विसं २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला सचिव भएर काम गर्नुभएको थियो भने विसं २०४८ मा एकता केन्द्रको क्षेत्रीय ब्यूरो सदस्य पनि हुनु भएको थियो ।

कार्कीले जनयुद्धको अवधिमा विसं २०५४ मा सोलु ओखलढुङ्गाको जिल्ला सचिव, २०५५ देखि साढे तीन वर्ष भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ र धनुषाको जिल्ला सचिव र इञ्चार्जको जिम्मेवारी पनि निर्वाह गर्नुभएको थियो ।

प्रदेशसभा १ मा कांग्रेस र प्रदेशसभा २ मा एमाले
दोलखा प्रदेशसभा १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले निर्वाचित हुनुभयो । सत्ता गठबन्धनका उम्मेदवार काफ्लेले २३ हजार तीन सय ३१ मत प्राप्त गर्नुभयो । उहाँ नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गर्नुभएको थियो । उहाँ नेकपा (एमाले) का दोलखाका अध्यक्ष हुनुहुन्छ ।

प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित हुनुभएको छ । उहाँले १९ हजार चार सय १४ मत प्राप्त गर्नुभयो । उहाँ यसअघि भीमेश्वर नगरपालिकाको प्रमुख हुनुहुन्थ्यो । केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मत प्राप्त गर्नुभयो । उहाँ नेपाली कांग्रेस दोलखाका सभापति हुनुहुन्छ ।

दोलखामा कूल ८५ हजार तीन सय ८८ मत खसेको थियोे । जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र थिए । जिल्लामा कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए ।

प्रतिनिसभा र प्रदेशसभा निर्वाचनमा १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेकपा (माओवादी केन्द्र) र दुई प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा (एमाले) एक÷एक क्षेत्रमा विजयी भएका छन् ।

समानुपातिकमा एमाले अगाडि

दोलखामा प्रतिनिधिसभा समानुपातिकतर्फ ६५ हजार तीन सय ६२ मतगणना हुँदा नेकपा (एमाले)ले २३ हजार चार सय ४० मत प्राप्त गरी पहिलो स्थानमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖