भोजपुरको जिल्ला अस्पतालमा आर्थिक अभावले आइसियु सञ्चालनमा समस्या

टक्सार (भोजपुर), १० चैत (रासस) : दक्ष जनशक्ति व्यवस्थापनका लागि आर्थिक अभाव देखिएपछि भोजपुरको जिल्ला अस्पतालमा तयारी अवस्थामा रहेको सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा आउन सकेको छैन । जनशक्ति व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न जिल्ला अस्पतालले भोजपुरका स्थानीय तहहरुलाई आह्वानसमेत गरेको छ ।

अस्पतालका प्रमुख चिकित्सक शिवजी रिजालसहितका स्वास्थ्यकर्मीले भोजपुरमा रहेका पालिका प्रमुख तथा उपप्रमुखलाई भेटेर सञ्चालनमा आउन नसकेको आइसियु सेवा सञ्चालन हुने वातावरण बनाइदिन माग गरेको हो । प्रमुख चिकित्सक रिजालले गत आर्थिक वर्ष २०७८÷७९ मा कोभिड सङ्क्रमण रोकथाम तथा महामारी व्यवस्थापन कार्यक्रमअन्तर्गत विनियोजित भएको रकमबाट आवश्यक सामग्री खरिद गरी आइसियु कक्ष तयारी अवस्थामा राखिएको भए पनि आर्थिक अवस्थाका कारण दक्ष जनशक्तिको व्यवस्थापन हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तयारी अवस्थामा रहेको आइसियु सेवा सञ्चालनका लागि कतैबाट पनि सहयोग नपाएपछि हामीले जिल्लाका नौवटै पालिका प्रमुख तथा उपप्रमुखलाई भेटेर सेवा सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छौँ ।” रु दुई करोडभन्दा धेरै लगानी गरेर बनाइएको सघन उपचार कक्ष (आइसियु) सञ्चालनमा आउन नसक्दा बिरामीसमेत सहज उपचार पाउनबाट वञ्चित भएका छन् ।

सेवा सञ्चालनको तयारी अवस्थामा सङ्घीय सरकार तथा प्रदेश सरकारबाट समेत उचित बजेट व्यवस्थापन हुन नसक्दा दक्ष जनशक्ति व्यवस्थापनमा समस्या भएको अस्पतालले जनाएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै आकस्मिकरुपमा हुने दुर्घटना, सुत्केरीलगायत अन्य जटिल किसिमका बिरामीलाई उपचारमा सहज बनाउने उद्देश्यका साथ अस्पतालमा भेन्टिलेटर सहितको आइसियु कक्ष तयारी अवस्थामा छ ।

जिल्ला अस्पतालमा आइसियु सेवा सञ्चालनमा सबैको सहयोग आवश्यक रहेको हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता राईले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा आएको सेवा सञ्चालनका लागि स्थानीय पालिकाहरुले पनि सहयोग गर्न आवश्यक देखिन्छ ।” अस्पतालका अनुसार सेवा सञ्चालनका लागि नौजना दक्ष जनशक्तिको आवश्यकता रहेको छ ।

टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले भन्नुभयो, “एक मात्र जिल्ला अस्पतालमा आइसियु सेवा सञ्चालनका लागि जिल्लाका मन्त्री तथा सांसदसँग छलफल गर्न जरुरी छ, तर पालिकाहरुले पनि त्यसमा के कसरी सहयोग गर्न सकिन्छ भनेर पालिकासभामा छलफल गराउनुपर्छ ।”

जिल्ला अस्पतालमा आइसियु सेवा सञ्चालनका लागि दक्ष जनशक्ति व्यस्थापनका लागि मासिक तलब भत्ताका लागि रु नौ लाख ८० हजार पाँच सय २२ आवश्यक पर्ने अस्पताल प्रमुख रिजालले जानकारी दिनुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖