धनकुटामा जेष्ठ नागरिकका लागि स्वास्थ्य सचेतना

धनकुटा । धनकुटा नगरपालिका ९ नं वडा का जेष्ठ नागरिकहरुलाइ मुटु सम्बन्धि,मिर्गाैला सम्बन्धि र झाडापाखाला सम्बन्धि राेग कसरी लाग्छ ? र यी राेगकाे उचार कसरी गर्न सकिन्छ ? भन्नेबारे जानकारी गराईएकाे छ ।

जेष्ठ नागरिक जिल्ला संघ र जेष्ठ नागरिक संघ धनकुटा नगरपालिका ९ नं वडाकाे संयाेजनमा भएकाे स्वास्थ्य सचेतना सम्बन्धि एक दिवसिय कार्यक्रममा उनिहरुलाई ती राेगहरुकाे बारेमा जानकारी गराईएकाे हाे ।

धनकुटा नगरपालिका वडा नं ९ का वडाध्यक्ष टंक प्रसाद राेईलाकाे प्रमुख अातिथ्य तथा जेष्ठ नागरिक संघ ९ नं अध्यक्ष गजेन्द्र प्रसाद बास्ताेलाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जेष्ठ नागरिक जिल्ला संघ धनकुटाका सह-सचिव तिलक प्रसाद राईले मुटु सम्बन्धि,संघका पूर्व जिल्ला जिल्ला सह-सचिव बद्रीनाथ अधिकारीले मिर्गाैला सम्बन्धि र संघका वडा नं ६ का अध्यक्ष एवं जिल्ला सदस्य मानबहादुर पराजुलीले झाडापखाला सम्बन्धि राेग कसरी लाग्छ ? यसका लक्षणहरु कस्ता हुन्छन् ? यस्ता राेगकाे उपचार कसरी गर्न सकिन्छ ? भन्नेबारे जानकारी गराएका थिए ।

साेही अवसरमा जेष्ठ नागरिक संघ ९ नं वडा कार्यसमितीकाे पुन:गठन गरिएकाे छ । पुन:गठित ११ सदस्यी कार्यस मितीकाे अध्यक्षमा गजेन्द्र प्रसाद बास्ताेला, उपाध्यक्षमा सरस्वती घिमिरे,सचिवमा टेकबहादुर राई,सह-सचिवमा दुर्गाबहादुर खड्का र काेषाध्यक्षमा कृष्णराज राय रहेकाछन् । अन्य सदस्यहरुमा प्रेमबहादुर खत्री,वीरबहादुर बस्नेत,दिल्लीराम अाचार्य,रत्नमाया घले,नरमाया प्रधान र भुपेन्द्र महत रहेका छन् ।

पुन:गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला सह-सचिव राईले बधाई सहित सफल कार्यकालकाे शूभकामना दिनुभएकाे थियाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।