गायक रविन तामाङको निधन

काठमाडौँ, २० असार (रासस) :नेपाली साङ्गीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङको निधन भएको छ । तामाङको मङ्गलबर ६० वर्षको उमेरमा बूढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको उहाँकी दिदी भगवती तामाङले जानकारी दिनुभयो ।

प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार मङ्गलबार साँझ गायक तामाङले फोन नउठाएको भन्दै प्रहरीलाई फोन आएको थियो । तामाङको घरमा प्रहरी टोली पुग्दा उहाँ खाटको छेउ मृत भेटिनुभएको चन्दले बताउनुभयो ।

मृत्युको कारण शव परीक्षणपश्चात मात्र खुल्ने प्रहरीले जनाएको छ । रविन एन्ड द रिभोलुसन ब्यान्डका भोकलिस्ट रहनुभएका गायक तामाङ चलचित्र अभिनयमा समेत सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय चलचित्र ‘छड्के–२’ मा अभिनय गर्नुभएका गायक तामाङको नेपाली रकशैली गीतको विकासमा उल्लेख्य योगदान रहेको छ । उहाँको निधनमा नेपाली सङ्गीतकर्मीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।

गायक तामाङका ‘नेपाल’, ‘एकता’, ‘चिसो–चिसो हावामा’, ‘माइला भाई’, ‘जति माया लाए पनि’, ‘दम मारो दम’, ‘भुल मा भुल्यो’ लगायत गीत चर्चित छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖