सुन काण्डमा नाम मुछिएपछि दीपक मल्होत्राले पत्रकार सम्मेलन गर्दै, चरित्रहत्या गर्नेविरुद्ध कानूनी उपचार खोज्ने

काठमाडौं, साउन ४ । व्यवसायी दीपक मल्होत्राले राजस्व अनुसन्धान विभागले मंगलबार बरामद गरेको करिब एक सय केजी सुनमा आफ्नो नाम जोडिएको भन्दै आपत्ती जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन बरामदको विषयमा विभिन्न सञ्चार माध्ययमहरुमा आफ्नो नाम जोडेर भ्रमित समाचार सम्प्रेषण भईरहेको जनाउँदै उनले आज दिउँसो १ बजे दरवारमार्गस्थित होटल रोयल सिङ्गीमा पत्रकार सम्मेलन गरेर खण्डनको तयारी गरेका छन् । मल्होत्राले आफ्नो चरित्रहत्या गर्नेविरुद्ध मानहानीको मुद्दा हाल्दै कानूनी उपचार खोज्ने बताएका छन् ।

सुन तस्करीको विषयमा आफ्नो कुनै संलग्नता नरहेको र सार्वजनिक समाचारहरुमा कुनै सत्यता नरहेको जनाउँदै उनले पत्रकार सम्मेलन गरेर थप प्रष्ट पार्न लागेका हुन् । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बुधबार बरामद गरिएको हो ।

विमानस्थल भन्सार कार्यालयअगाडिबाट बा.२च २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको थियो । क्याथे प्यासिफिकको विमानबाट आएको सुन मंगलबार दिउँसो करिब २ बजे नै भन्सार पास भएको थियो । त्यसको तीन घण्टापछि बरामद भएको हो ।

बरामद भएको सुन तस्करीमा संलग्न भएको आरोपमा हालसम्म एजेण्ट सहित ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले हालसम्म ६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको पहिचान खुलाइएको छैन । उनीहरुमाथी अनुसन्धान जारी छ । बरामद भएको सुनको विषयमा छानविन गर्न भन्सार विभागले एक समिति गठन गरेको छ। विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖