प्रेस चौतारीका अध्यक्ष बस्नेतविरुद्ध परेको साइबर क्राइमको उजुरीप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं,५ साउन । नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष तथा जनता टाइम्सका प्रधान सम्पादक गणेश बस्नेतविरुद्ध गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।

महासंघका सचिव गोविन्दप्रसाद चौलागाईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बस्नेतले समाचार स्रोतले गरेको दाबीको सन्दर्भलाई सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकट गरेको अभिव्यक्तिविरुद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘प्रेस चौतारी नेपालका अध्यक्ष एवं जनता टाइम्स डटकमका प्रधानसम्पादक गणेश बस्नेतविरुद्ध गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट नेपाल प्रहरीमा साइवर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भई पक्राउ गरिएको घटनाको सन्दर्भमा अध्यक्ष बस्नेतले समाचार स्रोतले गरेको दाबीका सन्दर्भलाई सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकट गरेको अभिव्यक्तिविरुद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको महासंघको ठहर छ । महासंघ अध्यक्ष बस्नेतविरुद्धको उजुरी तत्काल फिर्ता लिन नेपाल सरकारको गृह प्रशासनसमक्ष जोडदार माग गर्दछ । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नसमेत आग्रह गर्दछ । महासंघ आम संचारकर्मीहरूमा पत्रकार आचारसंहिताको पालनामा गम्भीर हुनसमेत आहृवान गर्दछ’ ।

जनता टाइम्स डटकमका प्रधानसम्पादकसमेत रहेका बस्नेतविरुद्ध गृहमन्त्री श्रेष्ठको सचिवालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी प्रकरणबारे गलत अफवाह फैलाएको दाबीसहित उजुरी दर्ता गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।