एक महिनाका लागि मासु खान छोड्दा शरीरमा कस्तो असर पर्छ ?

मांसाहारीका लागि कुखुरा र खसीको मासु छोड्नु भनेको मुश्किलको काम हो । तर तपाईंले एक महिनाका लागि मांसाहारी खाना छोड्नु भयो भने यसले शरीरमा कस्तो प्रभाव पार्ला त ?

भारतको हैदराबादको केयर अस्पतालमा वरिष्ठ सल्लाहकार डाक्टर अथर पासाले एक भारतीय वेबसाइटसँगको कुराकानीमा शाकाहारी खाना खाँदा शरीरलाई थुप्रै फाइदा मिल्ने बताएका छन् । उनका अनुसार शाकाहारी खानमा धेरै फाइबर हुन्छ जसले तपाईंको पाचन तन्त्रलाई बलियो बनाउँछ र पेटका थुप्रै रोगबाट जोगाउँछ । पेट राम्रो भयो भने तपाईंको समग्र स्वास्थ्य राम्रो हुन्छ ।

वर्ल्ड इकोनोमी फोरमका अनुसार पछिल्ला केही वर्षमा विशेषगरी अमेरिका र युरोपमा शाकाहारीको चलन क्रमशः बढ्दै गइरहेको छ ।

उजाला सिग्नस ग्रुप अफ हस्पिटल्सकी पोषणविद् डा. एकता सिंहवालले पछिल्लो समय धेरैजसो मांसाहारी शाकाहारी हुँदै गएको बताएकी छिन् । यसको पछाडि वातावरणसँग सम्बन्धित चिन्तादेखि स्वास्थ्यलाई हुने लाभ र शाकाहारी खानाको बढ्दो उपलब्धता पनि समावेश छ ।

मासु खान छोड्नुका थुप्रै फाइदा छन् । शाकाहारी खानाले मुटुरोग, उच्च रक्तचाप, टाइट टु मधुमेह र केही प्रकारका क्यान्सरजस्ता रोगको जोखिम कम हुन्छ । यसबाहेक आफ्नो खानामा विभिन्न प्रकारको प्लान्ट बेस्ड फुड्स समावेश गरेर तपाईं मांसाहारी खानामा निर्भर नभईकन आफ्नो पोषण सम्बन्धी आवश्यकता पूरा गरिरहनुभएको छ भनेर सुनिश्चित गर्न सक्नुहुन्छ ।

तपाईंले एक महिनाका लागि मांसाहारी भोजन खान बन्द गर्नुहुन्छ भने तपाईंको शरीरमा तुरुन्त पाँच परिवर्तन देखिनेछ ।

कब्जियतबाट छुटकारा

एकता सिंहवालका अनुसार शाकाहारी खानामा फाइबर भएका कारण यसले बाउल मुभमेन्ट अर्थात् तपाईंको पाचन तन्त्र राम्रो हुन्छ । फाइबरको सेवन बढ्दा कब्जियतबाट राहत मिल्छ ।

तौल घट्नेछ

शाकाहारी खानाले तौल घटाउन मद्दत गर्छ किनभने यसमा मांसाहारी खानाको तुलनामा कम क्यालोरी हुन्छ र फाइबर बढी हुने भएकोले बारम्बार भोक लाग्दैन । क्यालोरी कम भएका कारण तौल पनि नियन्त्रणमा रहन्छ ।

सुजनबाट राहत

प्रशोधित मासु शरीरमा सुजनको कारण बन्न सक्छ । मासु कम खाँदा तपाईंको सिस्टमेटिक इन्फ्लेमेसन कम हुन्छ जुन थुप्रै क्रोनिक रोगको कारण हो ।

एन्टिअक्सिडेन्टले भरपुर

एन्टिअक्सिडेन्टले भरपुर शाकाहारी खानाले शरीरमा अक्सिडेटिभ स्ट्रेस र सेलुलर ड्यामेजबाट जोगाउन मद्दत गर्छ ।

‘फलफूल, सागसब्जी, नट्स वा बिउमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ । यसले समग्र स्वास्थ्य राम्रो हुनेछ र क्रोनिक रोगको जोखिम कम हुन्छ ।

ऊर्जा मिल्नेछ

शाकाहारी खानाले भिटामिन, खनिज र कम्प्लेक्स कार्बोहाइड्रेट प्रदान गर्छ जसका कारण तपाईं ऊर्जावान् रहनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।