ग्लोबल टी २०: सन्दीपको बलमा दिपेन्द्र आउट, दुवैको सन्तोषजनक प्रदर्शन

काठमाडौं । ग्लोबल टी २० क्यानाडामा नेपालका दुई खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आज राति आमनेसामने भए । दीपेन्द्रको टिम मोन्ट्रियल टाइगर्सले सन्दीपको सर्रे जगुअर्सलाई ५ विकेटले पराजित गर्‍याे। आ-आफ्नो टिमका लागि दुवैले राम्रो प्रदर्शन गरेका छन् ।

टस जितेर मन्ट्रियलले पहिलो फिल्डिङको निर्णय लिएको थियो । मन्ट्रियलका बलरहरूको कसिलो बलिङमा सर्रेले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३६ रन मात्र जोड्न सक्यो । दीपेन्द्रलाई मन्ट्रियलले बलिङमा प्रयोग गरेन ।

१३७ रनको विजय लक्ष्य पछ्याउने क्रममा मोन्ट्रियल केही धर्मराएको थियो । सर्रेका लागि बलिङमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभर बलिङ गर्दा १७ रनमात्र खर्चेर दुई विकेट लिएका थिए ।

सातौं ओभरमा बलिङमा आएका सन्दीपले आफ्नो पहिलो बलमै सकिब अल हसनलाई क्याच आउट गराए । मन्ट्रियलले ९.३ ओभरमा ६९ रनको स्थितिमा ३ विकेट गुमाएपछि दीपेन्द्र ब्याटिङमा आएका थिए । उनले धैर्यतापूपर्वक ब्याटिङ गर्दै टिमलाई जित नजिक पुर्‍याए । तर दीपेन्द्रलाई १६.३ ओभरमा सन्दीपले एलबिडब्लु धरापमा पारे ।

दीपेन्द्रले आउट हुनुअघि २२ बलमा २ चौकासहित २८ रन बनाएका थि ए । मन्ट्रियलले १८.३ ओभरमा लक्ष्य भेट्यो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।