मानिसको मृत्युको कारण बन्दै चिनी र नुन,किन ?

स्वास्थ्य मुटुका लागि के गर्नु पर्छ भन्ने बहस धेरै पहिलेदेखि भएको छ। बलियो मुटुका लागि अवलम्बन गर्ने उपायका बारे पनि धेरै बहस भए। हृदय घातको जोखिम सबैलाई छ। हृदय घातको जोखिम कम गर्ने उपायका बारे बेलायतमा हालै एउटा अध्ययन पनि भएको थियो।

अध्ययनका अनुसार सागसब्जी स्वास्थ्य मुटु तथा हृदय घातको जोखिम कम गर्नका लागि त उपयुक्त हुन्छ। साथै हामीले गर्ने अभ्यासको समय र जीवनशैली पनि हृदयाघातसँग सम्बन्धित हुन्छ। यसै अध्ययनले सन्तुलित भोजनले नै क्यान्सर लगायत धेरै रोगको जोखिम कम गराउने पनि देखाएको छ। धेरै स्वास्थ्यविदले दैनिक भोजनमा पाँच किसिमका फलफूल वा सागसब्जी खानका लागि भनेका छन्।

युनिभर्सिटी अफ अक्सफोर्ड एन्ड ब्रीसटोल तथा चाइनिज युनिभर्सिटी अफ हङकङले चार लाख मानिसमा यो अध्ययन गरेको थियो। सर्वेमा ४ लाखलाई नै उनीहरूको भोजनको साथै जीवन यापनको शैली तथा शारीरिक अवस्थाको बारे जानकारी लिइएको थियो। अध्ययनको क्रममा पकाउने तरिका र उनीहरूले बिताउने गरेको जीवनशैलीको बारे पनि जानकारी लिइएको थियो।

अध्ययनले सन्तुलित भोजनले नै क्यान्सर लगायत धेरै रोगको जोखिम कम गराउने देखाएको छ। धेरै स्वास्थ्यविदले दैनिक भोजनमा पाँच किसिमका फलफूल वा सागसब्जी खान सुझाव दिएका छन् ।

औसतमा धेरै मानिसले दुई चम्चा नपकाएको सागका साथै तीन फरक किसिमका पकाइएका तरकारी खाने गरेका थिए। यसै अध्ययनलाई पूर्ण रूप दिनका लागि पछिल्लो १२ वर्षमा मुटुको समस्याका कारण अस्पताल भर्ना भएकाहरूलाई पनि निगरानीमा राखिएको थियो। प्रशस्त सागसब्जी खानेको मुटु रोगबाट मर्ने जोखिम सागसब्जी कम खानेको भन्दा १५ प्रतिशतले कम पाइएको छ। अध्ययनमा सहभागीले यसका अलावा अन्य विभिन्न कारणको समेत खोजी गरेका छन्।

अन्य कारणमा धूम्रपान नै प्रमुख मानिएको छ। साथै मादक पदार्थ सेवन, दैनिक आम्दानी, जीवनयापनको शैली, अभ्यास, दैनिक कामको प्रकृति, आम्दानी र उनीहरूले प्रयोग गर्ने डाइट रहेका छन्। यो अध्ययन अझै केही कुरामा पूर्ण भएको छैन। कुन तरकारी मुटुका कति उपयुक्त भन्ने तथ्य पत्ता लगाउन अझै धेरै लामो समय कुर्नुपर्ने हुनसक्छ।

अक्सफोर्ड विश्वविद्यालयका डा. बेन लेसी भन्छन्, ‘मुटु सम्बन्धी रोगका लागि डाइटको असरका बारे यो अध्ययन महत्त्वपूर्ण हुनसक्छ ’ उनले अगाडि भने, ‘बेलायतमा रहेका धेरै जना यस कुरामा चुकेका छन्। हामीले सके सम्म धेरै तरकारी खानका लागि प्रेरित गर्न आवश्यक छ।’

अन्य विश्लेषक तथा यसका ज्ञाता भने लामो समयको अन्तरालमा मानिसले कसरी जीवन बिताउँछ भनेर अध्ययन गरेर जोखिम निर्क्योल गर्नु पर्नेमा जोड दिन्छन्। ती विज्ञहरू यस किसिमको अध्ययनले मानिसले जीवन यापनको शैलीमा गरेका गल्तीको पहिचान गर्न पनि सहज हुने कुरामा जोड दिन्छन्।

लिड्स विश्वविद्यालयका प्राध्यापक जानेट केड हामीले जीवन यापनसँग सम्बन्धित सामान्य विषयमा गल्ती गरिरहेको र यसलाई पहिचान गरेर सुधार गर्न नसकेको गुनासो गरेका छन्। फ्रान्टीयर्समा प्रकाशित एक रिपोर्ट अनुसार नपकाएका साग खाने व्यक्तिमा पकाएर खानेको भन्दा मुटु रोगको जोखिम कम पाइएको छ। पाकेपछि भिटामिन सिको मात्रा घट्ने भएकाले यस्तो भएको जनाइएको छ।
हामीले तरकारी पकाउँदा तेल या चिल्लो पदार्थको प्रयोग गर्छौ। हामीले नुन प्रयोग गर्ने भएकाले सोडियमको मात्रा पनि त्यहाँ हुन्छ। यी सबैले मुटु रोगको जोखिम भने बढ्नसक्छ।

मुटु रोगबाट मात्र होइन जीवन कत्ति लामो रहने भन्ने कुरा धेरै हदसम्म हाम्रो जीवन यापन र हामीले प्रयोग गर्ने डाइटमा नै निर्भर हुन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖