ओलीले एमाले समाप्त गरेर माओवादी बलियो बनाएको आरोप लगाएपछि नमस्ते गरेर फर्किएँः वामदेव गौतम

काठमाडौं, ६ साउन । नेकपा एकता अभियानका संयोजक एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बोलाएर विभिन्न आरोप लगाएको खुलासा गरेका छन् । आज (शनिबार) रिपोर्टर्स नेपालले समसामयिक विषयमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै गौतमले अध्यक्ष ओलीले आफूलाई पार्टी एकताको विषयमा छलफल गर्न बोलाएर एमाले फुटान सहयोग गरेकोदेखि माओवादीलाई बलियो बनाएकोसम्म आरोप लगाएको बताएका हुन् ।

अध्यक्ष केपी ओलीले मलाई बोलाउनु भयो । म गएँ । मलाई एकीकृत गर्ने र मलाई कामको व्यवस्थापन गर्ने सन्दर्भका केही पनि बोल्नु भएन । तपाईले पार्टी पुटाउनुभयो । तपाईले प्रचण्डलाई साथ नदिएर मलाई साथ दिएको भए पार्टी फुट्ने थिएन, तपाईले प्रचण्डलाई साथ दिनुभयो । मलाई आरोप लागाउनुभयो । ती आरोपहरु लागू हुन्थ्यो भने मैले आज जेल जीवन विताउन पर्ने थियो । एमाले समाप्त गरेर माओवादीलाई बलियो बनाउनतिर लाग्नुभयो भनेर भनिसकेपछि मैले उहाँलाई नमस्कार गरेर विदा भएर आएँ,’– उनले भने ।

नेकपा (एकीकृत समाजवादी) बाट एमालेमा प्रवेश गरेको ७३ वर्षीय मुकन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाउनका लागि उमेर हद सम्बन्धी व्यवस्था निलम्बन गरिएको उनको दाबी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।