एमाले, माओावादी र कांग्रेस एउटै ड्याङको मुला : विप्लव

काठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले नेपालमा सामन्तवाद, अर्ध सामन्तवाद नभएर मान्छे बेच्ने दलाल पुँजीवाद रहेको टिप्पणी गरेका छन् । आज .(आईतबार) नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स) को सहकार्यमा आयोजित ‘वर्तमान सन्दर्भमा पुष्पलाल’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको पोलिटिकल क्यारेक्टर भनेको दलाल पुँजीवाद भएको बताए ।

‘आज सामन्तवाद पनि छैन, अर्ध सामनतवाद पनि छैन । नेपालमा दलाल पुँजीवाद छ । पोलिटिकल क्यारेक्टर भनेको दलाल हो । आफ्नो मौलिकता, आफ्नो स्वत्व, आफ्नो उत्पादन, आफ्नो अर्थ सम्बन्ध, आफ्नो राजनीतिक प्रणाली यसले ध्यान दिँदैन । यसले केही पनि गर्दैन । कम्युनिष्टहरुको ढोङमा मान्छे बेच्छन् यिनीहरु । मान्छे बेचेर खाने व्यवस्था हो दलाल पुँजीवाद भनेको । मान्छे बेच्ने, वौद्धिकता बेच्ने, सिर्जना बेच्ने, कमजोर मनोबल र पश्चाताप भएको, टुक्रा–टुक्रा भएको, लम्पसार बन्ने । आफ्नै नागरिक पनि भुटानी शरणार्थी बन्ने पनि कस्ता ? बनाउनेलाईमात्रै भएको छ, बनाउनेलाई पनि जेल हाल्नुपर्छ,’– उनले भने ।

अहिलेको व्यवस्थामा नागरिकहरुले पैसाको लोभमा आफ्नो नागरिकता, स्वाधीनता त्याग्न तयार हुने गरेको उनको भनाई छ । एमाले, माओावादी र कांग्रेस एउटै ड्याङको मुला भएकाले यिनीहरुबाबट देश चल्न नसक्ने उनको दाबी छ । ‘जो मान्छेले पैसाको लोभमा आफ्नो नागरिकता त्याग्छ, जो मान्छेले आफ्नो स्वाधीनता विर्सन्छ, दुईचार कौडीको लोभमा नेपाल दिन तयार हुन्छ । त्यस्तो मान्छेले नेपाल चलाउँछ ? त्यस्तो प्रवृत्तिले देशलाई हास्न सकिन्छ ? सम्भव छैन । माओवादी भएपनि, एमाले भएपनि, कांग्रेस भएपनि तिनै हुन् । एउटै ड्याङका हुन्,’– उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।