‘नक्कली शरणार्थी बन्ने/बनाउने दुवैलाई जेल हाल्नुपर्छ’

काठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नक्कली भुटानी शरणार्थी बन्ने बनाउने दुवैलाई कारबाही गर्नुपर्ने बताएका छन् । आज (आईतबार) नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स) को सहकार्यमा आयोजित ‘वर्तमान सन्दर्भमा पुष्पलाल’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको दलाल पुँजीवादी व्यवस्थाले मान्छे बेच्ने काम गरिरहेको आरोप लगाए ।

‘मान्छे बेचेर खाने व्यवस्था हो दलाल पुँजीवाद भनेको । मान्छे बेच्ने, वौद्धिकता बेच्ने, सिर्जना बेच्ने, कमजोर मनोबल र पश्चाताप भएको, टुक्रा–टुक्रा भएको, लम्पसार बन्ने । आफ्नै नागरिक पनि भुटानी शरणार्थी बन्ने पनि कस्ता ? बनाउनेलाईमात्रै भएको छ, बनाउनेलाई पनि जेल हाल्नुपर्छ,’– उनले भने ।

अहिलेको व्यवस्थामा नागरिकहरुले पैसाको लोभमा आफ्नो नागरिकता, स्वाधीनता त्याग्न तयार हुने गरेको उनको भनाई छ । एमाले, माओावादी र कांग्रेस एउटै ड्याङको मुला भएकाले यिनीहरुबाबट देश चल्न नसक्ने उनको दाबी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।