बिना दुखाइ घरमै यसरी हटाउनुहोस् स्किन ट्यागहरू

काठमाडौं । केहि मानिसहरुको घाँटीमा मुसा वा छालामा विभिन्न साना–साना दानाहरु निस्कन्छ। यसले हाम्रो सौन्दर्यलाई नै नराम्रो असर गर्ने गर्दछ । मुसाका आकार ठूला हुन्छन् र छालामा आउने यी साना साना स्किन ट्यागहरु आकारमा अलिकति सानो हुन्छन्। यसबाट छुटकारा पाउनका लागि धेरै मानिसले यसलाई काट्ने वा उखेल्ने, चुडाल्ने प्रयास गर्छन्। जसका कारण रगत निस्कन थाल्छ र धेरै पीडा हुने गर्दछ । घाँटीको चाउरीपना र छालाको यी ट्याग हटाउन धेरै प्रयास गर्नु पर्दैन। तपाईं केही सजिलो घरेलु उपचार पनि प्रयोग गर्न सक्नुहुन्छ।

छालामा देखापर्ने स्किन ट्याग तथा मुसा भनेको मासुको अनावश्यक डल्ला हो । यो शरीरको कुनै पनि भागमा उम्रिन सक्छ । मुसा भनेको ह्युमन पापिलोमा भाइरस (एचपीभी) नामक भाइरसको संक्रमणबाट छालामा आउने रोग हो । यसलाई अंग्रेजीमा वाट्स अथवा भेरुका भल्गारिस भनिन्छ । एचपीभीको सयौं प्रजातीहरुले विभिन्न प्रकारका मुसाहरु शरीरको विभिन्न ठाउँमा निकाल्छन् । आउनुहोस् जानौं घाँटीमा निस्कने यो अनावश्यक कुरा कसरी हटाउन सकिन्छ ।

– घाँटीमा देखिने छालाको ट्याग र मुसालाई एप्पल साइडर भिनेगरको मद्दतले हटाउन सकिन्छ। जसमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ जुन हाम्रो शरीरको लागि निकै फाइदाजनक मानिन्छ । यसको मद्दतले, ट्यागहरू पूर्ण रूपमा सुकाउन सकिन्छ। जसका कारण मुसाहरू बिस्तारै झर्न थाल्छन् र छाला सफा हुन्छ।

एप्पल साइडर भिनेगरको प्रयोग कसरी गर्ने ?

सबैभन्दा पहिले एउटा कचौरामा एक चम्चा एप्पल साइडर भिनेगर निकाल्नुहोस् । अब यस कचौरामा कपास डुबाउनुहोस् र त्यसपछि यसको मद्दतले साना साना मुसाहरूमा लगाउनुहोस्।

यो कामलाई आफ्नो दैनिक दिनचर्याको हिस्सा बनाउनुहोस् । यो प्रक्रियालाई दिनमा ५ देखि ७ पटक दोहोर्याउनुहोस्।
केही दिनमै, तपाईंले घाँटीमा ट्यागहरु वा भनौं यी साना साना मुसाहरुको रंग गाढा हुँदै गइरहेको देख्नुहुनेछ।

तिनीहरू सुरुमा मासु कलरको भए पनि यो भिनेगरकोको प्रयोगले बिस्तारै कालो हुनेछन्। जब मुसाहरू पूर्ण रूपमा सुक्नेछन् ती आफैं खस्नेछन् । यसरी घाँटीमा आउने साना साना मासुका दानालाई सजिलै हटाउन सकिन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖