कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार छ :हिक्मत कार्की

काठमाडौं,१२ साउन । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कांग्रेसँग मिलेर नयाँ सरकार बनाउन एमाले तयार रहेको बताएका छन् ।

सर्वोच्चको परमादेशपछि कामचलाउ मुख्यमन्त्रीको पदबहाली गर्न विराटनगर पुगेका कार्कीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेशको स्थायित्व र समृद्धिको लागि एमाले बाधक नहुने प्रष्ट पारे ।

‘कांग्रेससँग मिलेर अगाडि बढ्ने कुरामा हामी खुल्ला छौं । त्यसमा मेरो के मान्यता छ भने मुलुकका दुई ठूला दल एमाले र कांग्रेसकाबीचमा प्रजातनत्तलाई संस्थागत गर्ने कुरामा,संविधान र कानूनको संस्थागत गर्ने कुरामा हाम्रा कुरा मिल्छ भने अगाडि बढ्न तयार छौं’। उनले भने ।

कांग्रेसलाई मुख्यमन्त्री दिन तयार हुनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा कार्कीले भने, ‘मुख्यमन्त्री दिन हामी तयार छौं । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । तर कार्यकाल बाँड्ने कुरामा म सहमत छैन ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖