पिएनजीको टी-२० विश्वकप २०२४ मा स्थान पक्का, क्षेत्रीय छनोटबाट विश्वकप पुग्ने संख्या ३ पुग्यो

काठमाडौं, पपुवा न्युगिनी (पिएनजी) आइसिसी टी-२० विश्वकप २०२४ मा छनोट भएको छ।इस्ट एसिया प्यासेफिक छनोटअन्तर्गत शुक्रबार फिलिपिन्सलाई पराजित गरेसँगै पिएनजी अन्तिम खेलअघि नै विश्वकपमा पुगेको हो।इस्ट एसिया प्यासेफिकको अन्तिम छनोटमा पिएनजीसँगै जापान, फिलिपिन्स र भानुआटुले प्रतिस्पर्धा गरेका थिए। डबल राउन्ड रोबिनमा चलेको प्रतिस्पर्धामा फिलिपिन्सले लगातार पाँच खेलमा जित निकालेर विश्वकपमा स्थान पक्का गरेको हो।
यसअघि युरोप छनोटबाट आयरल्यान्ड र स्कटल्यान्डले टी-२० विश्वकपमा स्थान बनाएका थिए।

आइसिसीले विश्व छनोट हटाएर सन् २०२४ को टी-२० विश्वकपका लागि क्षेत्रीय छनोटबाट टिम छनोट गर्ने नियम लागू गरेको छ।जसअन्तर्गत अहिले युरोप छनोटसँगै एसियाको पहिलो चरणको छनोट र इस्ट एसिया प्यासेफिकको पनि छनोट भएको हो। एसियाको अन्तिम छनोट आगामी नोभेम्बरमा नेपालमा हुँदैछ। जहाँ आठ टिमले भाग लिँदैछन्। आठ टिम मध्ये शीर्ष दुईमा पर्न सके नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा पुग्नेछ।

टी-२० विश्वकप २०२४ मा २० टिम
अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी-२० विश्वकपमा पहिलोपटक २० टिमले सहभागिता जाउँदैछन्।२०२४ को टी-२० विश्वकपमा १२ टिम सिधै छनोट भएका छन् भने ८ टिमले क्षेत्रीय छनोट चरण पार गर्नुपर्नेछ।

गत वर्षको अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा भएको टी-२० विश्वकपको शीर्ष आठ टिम २०२४ को विश्वकपका लागि सिधा छनोट भइसकेका छन्। जसमा अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले शीर्ष आठमा परेर २०२४ को विश्वकपका लागि स्थान पक्का गरिसककेका छन्।

अमेरिका र वेस्ट इन्डिज आयोजकको हैसियतमा छनोट भइसकेका छन्। अमेरिकाले पहिलो टी-२० विश्वकप खेल्दैछ। १४ नोभेम्बर २०२२ सम्मको विश्व वरीयतालाई अर्को छनोटको आधार मानिएको थियो। जसबाट अफगानिस्तान र बंगलादेशले टी-२० विश्वकपमा स्थान बनाइसकेका छन्।

सिधा छनोट भएका टिम
टी-२० विश्वकप २०२२ को शीर्ष ८ टिम (अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका) आयोजक अमेरिका र वेस्ट इन्डिज गरी २ टिम
आइसिसी विश्व वरीयताका २ टिम (अफगानिस्तान र बंगलादेश)
जम्मा १२ टिम
क्षेत्रीय छनोटबाट
अफ्रिका – २ टिम
अमेरिका – १ टिम
एसिया – २ टिम
इस्ट एसिया प्यासेफिक – १ टिम (पिएनजी छनोट)
युरोप – २ टिम (आयरल्यान्ड र स्कटल्यान्ड छनोट)
जम्मा – ८ टिम

एसिया छनोट
एसियाको अन्तिम छनोटमा नेपालले स्थान बनाइसकेको छ। अन्तिम छनोटमा नेपालसँगै युएई, ओमान, हङकङ, सिंगापुर र बहराइन अन्तिम छनोटमा पुगिसकेका छन्।

अहिले प्रारम्भिक छनोटबाट दुई टिम एसिया छनोटको अन्तिम चरणमा स्थान बनाउन प्रतिस्पर्धा गरिरहेका छन्।
एसियाको पहिलो चरणको समूह ‘ए’ मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन् भने समूह ‘बी’ मा भुटान, चीन, मलेसिया, म्यानमार र थाइल्यान्ड छन्। दुवै समूहको शीर्ष टिम एसिया छनोटमा पुग्नेछन्।

एसिया छनोटका शीर्ष दुई टिम विश्वकपमा
बहराइन, नेपाल, ओमान, हङकङ, सिंगापुर, युएई, छनोट ए विजेता, छनोट बी विजेता – दुई टिम टी-२० विश्वकप २०२४ मा पुग्ने।
एसियाको अन्तिम चरणको छनोट नोभेम्बरमा नेपालमा हुनेछ। यसपटकदेखि क्षेत्रीय छनोटबाटै टी-२० विश्वकपका लागि सिधा छनोट हुने प्रावधानसँगै नेपालले एसिया छनोट खेल्न लागेको हो। यो छनोटको शीर्ष दुईमा पर्ने टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।