उठ्यो सीके राउतलाई प्रधानमन्त्री बनाउने आवाज

सप्तरी । जनमत पार्टी यतिखेर मिसन ८४ को अभियानमा सक्रिय देखिन्छ । मधेस प्रदेशमा दुई तिहाइ बहुत ल्याएर आफ्नै सरकार बनाउने तथा केन्द्रमा पनि अत्यधिक सिट ल्याएर गठबन्धनको सरकारमा प्रधानमन्त्री बन्ने मिसन जनमत पार्टीको रहेको छ ।

जनमत पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता शरदसिंह यादवले ३२ सिट भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएर देश चलाउन सक्छन् भने जनमत पार्टीले पनि ४०–५० वटा सिट ल्याएर पार्टीका अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री किन नबनाउने भन्दै त्यसका लागि अहिलेदेखि नै संगठन विस्तारमा जोड दिनुपर्ने धारणा राखेका छन् । जनमत पार्टीद्वारा सप्तरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अगामी चुनावपछि मधेसमा जनमतले आफ्नै नेतृत्वमा सरकार बनाउन मिसन ८४ सुरु गरिएको धारणा राख्दै प्रवक्ता यादवले केन्द्रीय सत्ताको राजनीति अहिले जस्तै रहिरह्यो भने जनमत पार्टीका अध्यक्ष राउतले पनि प्रधानमन्त्रीका लागि दाबी गर्ने बताएका हुन् ।

‘अधिकार लिनका लागि शक्ति चाहिन्छ र त्यो शक्तिको उपस्थिति सदनमा भयो भने मात्र जनमतले मधेसी जनताको अधिकार दिलाउन सक्छ,’ प्रवक्ता यादवले मिसन ८४ मा काम गर्नका लागि पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

त्यही कार्यक्रममा जनमतका अध्यक्ष सीके राउतले पनि संगठन सुदृढीकरण गरेर रणनीतिक ढंगबाट अहिलेदेखि अगाडि बढे मात्र २०८४ को चुनावमा सफल हुन सकिन्छ भन्ने धारणा राखे । ‘अहिलेदेखि नै त्यसको तयारीमा लागिएन भने चुनावको समयमा अगाडि बढ्न गाह्रो हुन्छ,’ राउतको भनाई थियो ।

काँग्रेस, माओवादी, एमाले, जसपा, लोसपा छाडेर स्थानीय तहका नेताहरू जनमत पार्टीमा प्रवेश गरेका छन् । नव प्रवेशी नेतालाई अध्यक्ष राउतले टिका र माला लगाएर स्वागत गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।