कोशी प्रदेशमा बहुमत पुर्याउन सभामुखले राजीनामा गर्न लागेको हो ?

काठमाडौं, १५ साउन । कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले तोकेको समय भोलि सकिँदै छ । यस पाँच दिनको समय सीमा दिएर प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीका दाबी पेश गर्न भनेपनि चार दिन वित्नै लाग्दा कसैले बहुमत पुर्याउन सकिरहेका छैनन् ।

कोशीमा सत्ता गठबन्धन दलले राप्रपालाई सरकारमा सहभागी गराउने वा सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउने भन्ने विषयमा छलफल चलाएका थिए । यी दुवै विषयमा सत्ता गठबन्धन दलका नेताबीच व्यपाक छलफल भएपनि निश्कर्षमा भने पुगिसकेको अवस्था छैन ।

‘कोशी प्रदेशमा बहुमत पुर्याउन तपाईँले राजीनामा गर्न लागेको हो ?’ भन्ने रिपोर्टर्स नेपालको प्रश्नमा सभामुख गौतम यस विषयमा नबोल्ने बताए । ‘यस विषयमा म अहिले बोल्दिन । भोलि थाहा हुन्छ । अहिले राजीनामा गर्ने/नगर्ने केही निर्णय भएको छैन,’– उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖