माओवादी केन्द्र परित्याग गरी केन्द्रीय नेताहरु जसपा प्रवेश

काठमाडौं १५, साउन । नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् । सोमबार जसपा नेपालको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित एक सामारोहमा माओवादी केन्द्रका अम्बिका कुमारी बिश्वकर्मा, श्रीनारायण बिश्वकर्मा लगायतका नेताहरु जसपा प्रवेश गरेका हुन् ।

जसपा नेपालका अध्यक्ष मा. उपेन्द्र यादवले नवप्रवेशी नेताहरुलाई खादामाला र टिका लगाएर पार्टीमा स्वागत गरेका छन् । धनुषाधामको भिमानमा स्थायी घर भएकी अम्बिका विश्वकर्मा यसअघि माओवादी केन्द्रबाट धनुषामा उपमेयर र प्रदेश सभाको समानुपातिक सांसद उम्मेदबार रहेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा जसपाको तर्फबाट मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, जसपाका संघीय सांसद दिपक कार्की, राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, बुद्धिजिवी पेशाकर्मी महासंघका केन्द्रीय अध्यक्ष सीताराम साह लगायतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖