नुहाउँदै पिसाब फेर्ने बानी छ ? सावधान, स्वास्थ्यमा पर्ने सक्छ गम्भीर असर !

एजेन्सी । हामीमध्ये कतिपय मानिसमा विभिन्न खालका खराब बानी व्यहोराहरू हुन्छन् । कतिपय मानिसह रू यस्ता आनीबानी छिटै सुधार्छन् । तर कतिपयले भने त्यस्ता बानीव्यहोराले आफूलाई ठूलै असर नपार्दासम्म छाड्दैनन् ।

केही मानिसहरूमा स्वीमिङ पुल वा खोलामा पौडी खेलिरहेको बेला पिसाब फेर्ने बानी हुन्छ । यस्तो बानी निकै अस्वस्थ तथा खराब हो तथापि मानिसहरूमा लागेको बानी छुटाउन गाह्रो पर्दछ ।

स्वीमिङ पुलमा पिसाब फेर्नेजस्तै अर्को खराब बानी हो नुहाइरहेको बेला पिसाब फेर्ने । तपाईंलाई लाग्दा नुहाउँदा पिसाब फेर्नुमा के गलत छ ? यदि तपाईंले पनि नुहाउँदा पिसाब फेर्नुहुन्छ वा नुहाइरहँदा पिसाब फेर्नु गलत होइन भन्ने सोच्नुहुन्छ भने सायद यो खबर तपाईंका लागि निकै उपयोगी हुनसक्दछ ।

एलिसिया नामकी एकजना डाक्टरले आफ्नो टिकटकमा एक भिडियो राख्दै महिलाहरूले नुहाउने बेलामा किन पिसाब फेर्नु हुँदैन भन्ने बताएकी छिन् ।उनका अनुसार महिलाहरूले बगिरहेको पानीको तल उभिएर पिसाब गर्नु हुँदैन । त्यसो गर्दा महिलामा विभिन्न स्वास्थ्य समस्या आउन सक्दछन् ।

डाक्टर एलिसियाका अनुसार पिसाब र चलिरहेको पानीको आवाजको बीचको सम्बन्ध तपाईंका लागि भविष्यमा महँगो पर्नेछ । नुहाउने बेला, धारा खोलिरहेको बेला पिसाब फेर्ने बानी

पर्‍यो भने तपाईंलाई भाँडा माझ्नका लागि धारा खोलेको बेलासमेत पिसाब फेर्न मन लाग्नेछ । यसबाट तपाईंलाई पानी चलाउनुपर्ने अन्य विभिन्न काम गर्दासमेत पिसाब लाग्ने समस्याको सिर्जना हुनसक्नेछ ।

फिजिकल थेरापीकी डाक्टरसमेत रहेकी एलिसियाले शेयर गरेको उक्त भिडियो निकै लोकप्रिय बनेको छ । अहिलेसम्म यो भिडियो लाखौं पटक हेरिसकिएको छ ।एकजना महिलाले आफ्नो अनुभव शेयर गर्दै लेखेकी छिन्- मलाई बल्ल थाहा भयो कि बिरुवामा पानी हालिरहेको बेला किन मलाई ट्वाइलेट जान मन लाग्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖