सभामुखलाई राजीनामा गराएर जेष्ठ सदस्यलाई मन्त्री बनाए एमाले र राप्रपाले पनि जेष्ठ सदस्यलाई अनुपस्थित गराउँछौं:राजेन्द्र लिङदेनको चेतावनी

काठमाडौं,१६ साउन । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले कोशीको वर्तमान सत्ता संकट र मध्यावधिको अवस्थालाई रोक्न एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङदेनले प्रदेश सरकारलाई अस्थिरतातर्फ धकेल्न नदिन एमाले र कांग्रेस मिल्नुको विकल्प नभएको बताए ।

उनले भने “हिजो सभामुखलाई हस्ताक्षर गराएर समस्या आयो, आज सभामुखलाई राजीनामा गराउने भन्दै हुनुहुन्छ, ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ, तपाईंहरूले ज्येष्ठ सदस्यलाई मन्त्री बनाएपछि एमालेको ज्येष्ठ सदस्यले चाहिँ थपक्क मानिहाल्छ ? राप्रपाको ज्येष्ठ सदस्यले थपक्कै मानिहाल्छ ?”

लिङदेनले सभामुखलाई राजीनमा गराउर जेष्ठ सदस्यलाई मन्त्री बनाउने र सभाको सञ्चालन राप्रपा र एमालेका सांसदले गर्ने अवस्था बनाए प्रतिकार गर्ने चेतावनी दिए । उनले भने ‘नेपाली कांग्रेसले ज्येष्ठ सदस्यलाई मन्त्री बनाए नेकपा एमाले र राप्रपातर्फका ज्येष्ठ सदस्य पनि संसद्मा अनुपस्थिति हुनेछन् ’ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।