बाढी : अहिलेसम्म २० को मृत्यु, १९ बेपत्ता

बेइजिङ । चीनको राजधानी बेइजिङमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। केही दिनदेखि परेको अविरल वर्षाका कारण यहाँ बाढीजस्तो अवस्था सिर्जना भएको छ, जसमा हालसम्म २० जनाको मृत्यु भइसकेको छ भने १९ जना बेपत्ता छन् । मिडिया रिपोर्टमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने दाबी गरिएको छ ।

सरकारी प्रसारक ‘सीसीटीभी’ का अनुसार अगस्ट १ मा भारी वर्षाका कारण रेलवे स्टेशनहरू बन्द गर्नुपरेको बताएको छ । यससँगै अलपत्र परेका रेल यात्रुहरूलाई तत्कालका लागि विद्यालयमा राखिएको छ। साथै, उनीहरूलाई सामग्री पुर्‍याउन सैन्य हेलिकप्टरहरू तैनाथ गरिएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार बाढीको पानीले मानिसको घर भरिएको छ र हजारौँ मानिस प्रभावित भएका छन् ।

उसका अनुसार बेइजिङ र आसपासका क्षेत्रमा शनिवारदेखि भारी वर्षा सुरु भएको थियो, जुन करिब ४० घण्टासम्म चलेको थियो। अविरल वर्षाका कारण अवस्था निकै नाजुक बनेको छ ।

राजधानी बेइजिङमा सडकहरू खोला जस्तै देखिन थालेका छन् । ग्लोबल टाइम्सले मङ्गलवार आफ्नो रिपोर्टमा हालसम्म २० जनाको मृत्यु भएको र १९ जना बेपत्ता रहेको बताएको छ । बेपत्ता भएकाहरूको खोजी कार्य व्यापक रूपमा भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।