भारतलाई पाकिस्तानले दियो संकेत, शहबाज सरिफले भने– वार्ताका लागि तयार तर…

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले मंगलबार भारतको नाम नलिई वार्ताको प्रस्ताव राख्दै सबै गम्भीर र विचाराधीन मुद्दाहरू समाधान गर्नुपर्ने बताएका छन्।

उनले गरिबी र बेरोजगारीसँग लड्नु पर्ने भएकाले दुवै देशका लागि युद्ध कुनै विकल्प नभएको बताए ।

पाकिस्तानी खनिज शिखर सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री शहबाज सरिफले यस्तो टिप्पणी गरेका हुन् ।

नगद संकटको सामना गरिरहेको पाकिस्तानमा विदेशी लगानी आकर्षित गर्न यो सम्मेलन आयोजना गरिएको हो ।

उनले आफ्नो सम्बोधनमा भारतको नाम भने भनेनन्, तर समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार उनको सन्दर्भ स्पष्ट रूपमा भारततर्फ थियो।

शाहबाज शरीफले भने, “हामी सबैसँग वार्ताका लागि तयार छौं। छिमेकीसँग पनि। युद्ध कुनै विकल्प नभएकाले वार्ताको टेबलमा गम्भीर समस्या समाधान गर्न छिमेकी पनि गम्भीर हुनुपर्छ।”

भारत र पाकिस्तानबीच सीमापार चरमपन्थी र कश्मीर लगायतका धेरै मुद्दामा तनावको स्थिति छ।

यस्तो अवस्थामा शहबाज शरीफको यो बयान आएको छ ।

भारतले ‘जम्मु कश्मीर आफ्नो अभिन्न अंग थियो, छ र रहिरहनेछ’ भन्दै आएको छ ।

पाकिस्तानको संसदको कार्यकाल अगस्ट १२ मा सकिँदैछ। शाहबाज सरिफको सरकार चुनावको तयारीमा छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖