माअ‍ोवादी बैठकमा कडा नियम : मोबाइल अफ गर्नुपर्ने, लाइभ वा रेकर्ड गर्न निषेध

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकको सुरुआतमै महासचिव देव गुरुङले बैठकको नियम पढेर सुनाउँदै कडाइका साथ पालना गर्न निर्देशन दिएका छन् ।

नियमअनुसार सदस्यहरुले मोबाइल अफ गर्नुपर्ने छ । रेकर्ड वा लाइभ गर्न पाइने छैन । नेपाली कांग्रेसले जस्तै केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेर पछि हटेको माओवादी केन्द्रले बैठक नियम कडा बनाएको हो ।

स्रोतका अनुसार महासचिव गुरुङले अध्यक्षले प्रतिवेदन पेस गरेपछि बोल्न चाहनेले नाम टिपाउनुपर्ने बताएका छन् । बोल्नका लागि पाँच मिनेटको समय तोकिएको छ भने पाँच मिनेट सकिएपछि माइक बन्द हुने नियम बनाइएको छ ।

साँझ ६ बजेसम्म बैठक सञ्चालन हुने र खाजा खानका लागि ४५ मिनेट ब्रेक दिइने बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।