प्रशिक्षक थापाको पार्टी खान खाएका फुटबलर शाहमाथि निर्घात कुटपिट, पूर्वकप्तान रितेश थापा निलम्बित

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले दिएको पार्टी मनाउन गएका पुलिस क्लबका खेलाडी भरत शाहमाथि निर्घात कुटपिट भएको छ ।

पुलिस क्लबकै पूर्वकप्तान रितेश थापाले शाहलाई निर्घात कुटपिट गरेको बुझिएको छ । प्रहरी प्रशिक्षक प्रतिष्ठानले यो घटनाको छानबिन गर्न एसएसपी बेलप्रसाद पाण्डेको संयोजकत्वमा समिति बनाएको छ ।

स्रोतका अनुसार साउन १० गते शाह थापाले बोलाएको पार्टीमा पुगेका थिए । कमलपोखरीस्थित एक रेस्टुरेन्टमा भएको पार्टीमा जाँड खाँदै जाँदा विवाद बढेको बुझिएको छ । कुटपिटबाट शाहको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बुझिएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले घटनाको छानबिन गर्न समिति बनाइएको बताए । ‘दुवै जना प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत भएकाले त्यही युनिटले छानबिन गरिरहेको छ’, कडायतले भने ।

शाह सहायक प्रहरी हवल्दार हुन् भने थापा नायब निरीक्षक (सई) हुन् । थापा लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीमा समेत रहेका थिए । उनी गोलकिपर थिए । म्याच फिक्सिङको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । अदालतबाट सफाइ पाएपछि पछि थापा सेवामा फर्किएका थिए । के विषयमा विवाद भएको थियो भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।nepalpress

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖